२८ असार ।
ड्रिम नेपाल इन्भेष्टमेन्ट कम्पनी प्रा.लि.को चौथो साधारणसभा सम्पन्न भएको छ ।
कम्पनीको साधारणसभा ललितपुरको हात्तीवनमा वार्षिक समीक्षा गर्दै शनिवार सम्पन्न भएको हो । कम्पनीको अध्यक्ष पवनराज के.सी.ले वार्षिक प्रतिवेदन पेश गर्दै भावी योजना प्रस्तुत गर्नुभयो । कम्पनीका कोषाध्यक्ष नरेश के.सी.ले कोषको आय–व्यय प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा शेयर सदस्यका एसइइमा उत्कृष्ट अंक ल्याउने छोराछोरीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सञ्चालक उज्जैन श्रेष्ठ, लक्ष्मण अधिकारी, लक्ष्मण घिमिरे, सूलोचना श्रेष्ठ र सुशील ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन कम्पनीका शेयरधनी तथा बरिष्ठ पत्रकार नन्दलाल खरेलले गर्नुभएको थियो ।


