काठमाडौं, २९ असार।
नेपाली कम्युनिस्ट पार्टीले जन-स्वयंसेवा विभागको प्रमुखको जिम्मेवारी नेता जितेन्द्र दाहाललाई प्रदान गरेको छ। पार्टीले दाहाललाई उक्त जिम्मेवारी प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको जनाएको छ।
दाहाल विगत साढे तीन दशकदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय रूपमा योगदान पुर्याउँदै आएका नेता हुन्। संगठन निर्माण, जनपरिचालन तथा राजनीतिक गतिविधिमा उनको लामो अनुभव रहेको भन्दै पार्टीले जन-स्वयंसेवा विभागलाई अझ प्रभावकारी र सशक्त बनाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।
त्यसैगरी, जन-स्वयंसेवा विभागको उपप्रमुखमा आरती लामा र वासुदेव घिमिरेलाई जिम्मेवारी दिइएको छ। नयाँ नेतृत्वले जन-स्वयंसेवा विभागलाई थप व्यवस्थित, सक्रिय र जनमुखी बनाउँदै पार्टीका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ।
नवनियुक्त प्रमुख जितेन्द्र दाहाल तथा उपप्रमुखद्वय आरती लामा र वासुदेव घिमिरेलाई विभिन्न तहका नेता–कार्यकर्ताले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

