काठमाडौं ।
नेपालको भूराजनीतिमा देखापरेका विचलन, अराजकता तथा त्यसका सम्भावित परिणामबारे बहस चलाउने उद्देश्यले “नेपालको परराष्ट्रनीतिमा छिमेकी सम्बन्ध” विषयक अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ।
नेपाल बुद्धिजीवी संगठनद्वारा आयोजित उक्त कार्यक्रममा परराष्ट्रनीतिसँग सम्बन्धित समसामयिक विषयमा छलफल गरिने आयोजकले जनाएको छ। राष्ट्रिय हित, छिमेकी मुलुकसँगको सम्बन्ध तथा नेपालको परराष्ट्रनीतिलाई प्रभावकारी बनाउने उपायबारे सहभागीहरूबीच विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ।
कार्यक्रम २०८३ असार २७ गते शनिबार दिउँसो १२:३० बजे हिमालयन रेष्टो (पुरानो नेपाल हाउस), हात्तिसार (सिद्धार्थ र लक्ष्मी बैंकको बीचमा) आयोजना हुनेछ।
आयोजकले परराष्ट्रनीति तथा राष्ट्रिय सरोकारका विषयमा चासो राख्ने बुद्धिजीवी, सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा गरेको छ।

