काठमाडाैं। नायिका एवम् हास्य अभिनेतृ दीपाश्री निराैला ब्रेन ट्युमरको शल्यकृया भएको छ । यसै साता निरौलालाई ब्रेन ट्युमर पत्ता लागेपछि काठमाडाैंको अन्नपूर्ण न्यूरो अस्पतालमा उनको सफल शल्यक्रिया भएको हो ।
वसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले उनको शल्यक्रिया गरेको अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
उनका अनुसार उनलाई अहिले आइसीयूबाट जनरल वार्डमा सारिएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियाे । शल्यक्रिया सफल भएको र हाल उनको स्वास्थ्य अवस्थामा सुधार देखिएको बताइएकाे छ ।

