काठमाण्डौ । रास्वपा केन्द्रीय सदस्यका लागि बुधबारदेखि शुरु भएको मतदान बिहिबार बिहान करिब १० बजेसम्म रहने बताईएको छ ।
असार ७ गतेदेखि सुरु भएको महाधिवेशनमा आज बिहान १०ः०० बजेसम्म मात्र सम्पन्न हुने बताईएको हो ।
बिहान ५ः५० सम्म एक हजार चार सयले मतदान गरेका छन् । मतदान सकिएको दुई घण्टामा मतपरिणाम आउने बताइएको छ । निर्वाचनमा ३८४ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघि रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।

