काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत राउन्ड अफ ३२ को प्रतिस्पर्धामा ब्राजिलले जापानलाई २–१ गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको ह्युस्टनस्थित खेल मैदानमा आज सम्पन्न खेलमा पाँचपटकको विश्वविजेता ब्राजिलले पहिलो हाफमा एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै प्रभावशाली जित दर्ता गरेको हो।
जापानका काइसु सानोले खेलको २९औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि ब्राजिलका कासेमिरोले ५६औँ मिनेटमा हेडमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।
खेलको दोस्रो हाफको अतिरिक्त समयमा गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गरेपछि ब्राजिलले जापानलाई २–१ ले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गर्न सफल भयो।

