काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले दलीय विद्यार्थी संगठनका भौतिक संरचना ६० दिनभित्र हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार यस्तो निर्देशन दिएको हो ।
सरकारको निर्णयलाई कार्यान्वयन गर्दै विश्वविद्यालयले सोमबार यस्तो परिपत्र जारी गरेको हो। क्याम्पस तथा विश्वविद्यालय हाताबाट विद्यार्थी संगठनका यस्ता संरचना हटाई ९० दिनभित्र स्टुडेन्ट काउन्सिल/भ्वाइस अफ स्टुडेन्ट गठन गर्न समेत निर्देशन गरेको छ ।


