काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत जारी खेलको पहिलो हाफ सकिँदा सह-आयोजक मेक्सिकोले इक्वेडरविरुद्ध २–० को अग्रता बनाएको छ।
मेक्सिको सिटी स्टेडियममा जारी खेलमा घरेलु टोलीले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै पहिलो हाफमै दुई गोलको अग्रता बनाएको हो।
खेलको २१औँ मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाएका थिए। त्यसपछि ३१औँ मिनेटमा राउल जिमेनेजले अर्को गोल थप्दै टोलीको अग्रता दोब्बर बनाए।
मेक्सिकोले खेलभरि इक्वेडरमाथि दबाब कायम राख्दै उत्कृष्ट प्रदर्शन गरिरहेको छ।
यसअघि मेक्सिकोले समूह चरणमा दक्षिण कोरियालाई १–०, चेक गणतन्त्रलाई ३–० तथा उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गरेको थियो। जारी विश्वकपमा मेक्सिको अहिलेसम्म अपराजित रहेको छ।

