काठमाडौं– विद्युतीय सवारी खरिदका लागि विभिन्न बैंकले सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन थालेका छन् । मङ्गलबारदेखि राजधानीमा सुरु भएको ‘नाडा अटो शो २०२४’ मा आकर्षक ब्याजदरमा ऋण उपलब्ध गराउने होडबाजी चलेको हो ।
सवारी साधन प्रदर्शनीको सबैभन्दा ठूलो मेलाका रूपमा रहेको नाडा अटो शोमा विभिन्न ब्रान्डका ईभी तथा आईसीई गाडीहरू प्रदर्शनका लागि राखिएका छन् । यस्तोमा कर्जा विस्तार बढाउन बैंक तथा वित्तीय संस्थाहरुले मेलामा ग्राहकलाई सहुलियत र सस्तो ब्याजदरमा ‘अटो लोन स्किम’ ल्याएका छन् । यहाँ विभिन्न बैंक तथा वित्तीय संस्थाले ईभीका लागि उपलब्ध गराउने कर्जाको बारेमा चर्चा गरिएको छ ।
न्यूनतम ७.९९ प्रतिशत ब्याजदरमा सवारी कर्जा
नाडा अटो शोमा सवारी किन्न चाहने ग्राहक तथा उपभोक्तालाई ‘अन दी स्पट’ सहज फाइनान्सिङ सुविधा उपलब्ध गराउने उद्देश्यसहित ८ वटा बैंक तथा वित्तीय संस्थाले स्टल राखेका छन् ।
ठूला वाणिज्य बैंकहरुमा नबिल बैंक, ग्लोबल आईएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, माछापुच्छ्रे बैंक , सानिमा बैंक, लक्ष्मी–सनराइज बैंक र कृषि विकास बैंकले अटो शोमा भाग लिएका छन् । ‘ख’ वर्गको महालक्ष्मी विकास बैंकले समेत अटो शोमा भाग लिएको छ । यी बैंकहरुले सवारी कर्जामा न्यूनतम ७.९९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्म ब्याजदर अफर गरेका छन् ।
ग्लोबल आइएमई बैंक
नाडा अटो २०२४ मा ग्लोबल आईएमई बैंकले सस्तोमा सवारी कर्जा दिने जनाएको छ । बैंकले ईभी खरिदका लागि ७.९९ प्रतिशत ब्याजदरमा ८० प्रतिशतसम्म ऋण दिने भएको छ । यदि सात वर्षका लागि ऋण लिने हो भने ८.४९ प्रतिशत ब्याजदर लाग्छ ।
यससँगै कम्पनीले निःशुल्क क्रेडिट कार्ड उपब्ध गराउने छ भने पहिलो वर्षका लागि मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ निःशुल्क हुनेछ । बैंकले तीन दिनमै ऋण उपलब्ध गराउने प्रतिबद्धता दिएको छ ।

कर्जा प्रक्रियामा बैंकले ०.५ प्रतिशत सेवाशुल्क लिनेछ ।
एनएमबी बैंक
एनएमबीले यस वर्ष ‘हरियाली यात्राको सुरुवात ईभी कार कर्जाका साथ’ स्किम ल्याएको छ । यसअन्तर्गत ईभी खरिद गर्न चाहनेलाई ८.६४ प्रतिशत ब्याजदरमा ८० प्रतिशतसम्म ऋण उपलब्ध गराइने छ । यो ब्याजदरमा आधारभूत दर र एक प्रतिशत प्रिमियम चार्ज समावेश छ ।
नाडा अटो शोको अवसरमा कर्जा प्रक्रियामा बैंकले ०.५ प्रतिशत सेवाशुल्क लिनेछ ।
त्यस्तै ग्राहकले एक लाख रुपैयाँको क्रेडिट कार्ड समेत पाउनेछन् । बैंकले यस ब्याजदरमा सात वर्षका लागि ऋण उपलब्ध गराउने जनाएको छ ।
लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकले नाडा अटो शोको अवसर पारी ईभी खरिद गर्न चाहने ग्राहकका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउने भएको छ । यो ऋण सात वर्षसम्मका लागि लिन सकिन्छ ।
बैंकले ऋण माग गरेको तीन दिनभित्रै सबै प्रक्रिया पूरा हुने जनाएको छ । ऋण पाउने ग्राहकले एक वर्षसम्मको निःशुल्क भिजा एटीएम, आईब्याङ्क र मोबाइल मनी प्रयोग गर्न पाउनेछन् ।
कर्जा प्रक्रियामा यो बैंकले पनि ०.५ प्रतिशत सेवाशुल्क लिनेछ ।

माछापुच्छ्रे बैंक
यस बैंकले सवारी कर्जामा न्यूनतम ८.५० प्रतिशतदेखि अधिकतम ११ प्रतिशत ब्याजदर लिइरहेको थियो । नाडा अटाे शाेमा बैंकले विशेष अफर ल्याएकाे छ ।
बैंकले नाडा शाेमा सहभागी भएर चारपांग्रे सवारी खरिद गर्नेका लागि परिवर्तित ब्याजदरमा ९ प्रतिशत ब्याजमै सवारी कर्जा उपलब्ध गराउने भएको छ । बैंकले बेसरेटमा १ प्रतिशत मात्रै प्रिमियम थप गरेर ब्याजदर निर्धारण गरेको हो । हाल बैंकको बेसरेट ८ प्रतिशत छ ।
ईभी खरिदका लागि बैंकले ७० प्रतिशत फाइनान्सिङको सुविधा ल्याएको छ । यसको अवधि छ वर्षसम्मको हुनेछ । सामान्यतया ०.७५ प्रतिशतसम्म सेवाशुल्क लिइरहेको बैंकले नाडा अटो शाेमा कर्जा सेवाशुल्क ०.५ प्रतिशत मात्रै लिने जनाएको छ ।
हिमालयन बैंक
हिमालयन बैंकले नाडा अटो मेलाका लागि परिवर्तित ब्याजदरमा ९.५१ प्रतिशतसम्म कर्जा उपलब्ध गराउनेछ ।
बैंकले बेसरेटमा विद्युतीय सवारीका लागि ०.५३ प्रतिशत प्रिमियम जोडेर ९.३६ प्रतिशतमा ब्याजदरमा कर्जा दिने भएको हो ।
सेवाशुल्क बापत ग्राहकबाट ०.५ प्रतिशत रकम लिइने।
सानिमा बैंक
सानिमा बैंकले ‘गो इलेक्ट्रिक, गो ग्रिन’ अन्तर्गत ईभीका लागि ऋण उपलब्ध गराउँदै आएको छ । बैंकले नाडा अटो शोको अवसरमा सात वर्षका लागि ८.४९ प्रतिशत स्थिर ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ ।
यस अन्तर्गत ईभी खरिद गर्न चाहनेले सानिमा बैंकबाट ८० प्रतिशतसम्म फाइनान्सिङको सुविधा पाउनेछन् ।
बैंकले यसअघि न्यूतनतम ९.३३ प्रतिशतदेखि ११.३३ प्रतिशतसम्मको ब्याजदरमा सवारी कर्जा प्रवाह गरिरहेको थियो ।
नबिल बैंक
ईभीका लागि नबिक बैंकले ८.२५ प्रतिशत ब्याजदरमा पाँच वर्षका लागि ऋण उपलब्ध गराउने भएको छ । त्यस्तै सात वर्षका लागि ईभी कर्जा लिनेको हकमा ८.४९ प्रतिशत ब्याजदर लाग्नेछ ।
यस बैंकले न्यूनतम ८.२५ प्रतिशतदेखि १०.६३ प्रतिशतसम्मको ब्याजदरमा सवारी कर्जा प्रवाह गर्दै आइरहेको छ ।
कर्जा प्रक्रियामा ०.५ प्रतिशत सेवाशुल्क लाग्नेछ ।
कृषि विकास बैंक
कृषि विकास बैंक लिमिटेडले ईभीका लागि कूल ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधा उपलब्ध गराउने भएको छ । नाडा अटो शोको अवसरमा बैंकले शुल्क र कमिसनमा ३३ प्रतिशतसम्म छुट र ब्याजदर प्रिमियममा ८२ प्रतिशतसम्म छुट दिने जनाएको छ ।
यसअन्तर्गत सेवाशुल्क ०.७५ प्रतिशत लाग्दै आएकोमा अफरमा ०.२५ प्रतिशत लाग्नेछ । त्यस्तै फ्लोटिङमा ७.९९ प्रतिशत र फिक्स्डमा ८.९९ प्रतिशत व्याजदर लाग्नेछ । ईभी कर्जा सात वर्षसम्मका लागि लिन सकिनेछ ।