प्रा.शत्रुघन श्रेष्ठ
वाणिज्य बैंकहरुमा पूँजी लगानीको प्रतिफल घट्दो
वाणिज्य बैंकहरुले पूँजी वृद्धि गरे अनुसार लगानी विस्तार गर्न नसक्दा विगत ३ वर्षमा पूँजी लगानीमा प्रतिफल अर्थात (Return on Equity) आर.ओ.ई. घट्दाे देखिएको छ । यसले गर्दा बैंकहरुको शेयर खरिद गर्न लगानीकर्ताहरु आकर्षित नभएको देखिन्छ । आ.ब. ०८०/८१ मा बैंकहरुको ( Return on Equity ) औसत ९.२९% प्रतिशत रहेको देखिन्छ ।
०८०/८१ मा Return on Equity सबैभन्दा धेरै स्टाण्डर्ड चार्टड बैंकको (SCB) छ भने सबैभन्दा थोरै एन.आई.सी.एशिया बैंकको देखिन्छ । Return on Equity भन्नाले शेयरबाट लगानीकर्ताले लगानीको तुलनामा कुन दरमा प्रतिफल पाउन सक्छन् भन्ने बुझिन्छ ।
कुनै कम्पनीले एकै क्षेत्रका अन्य कम्पनीको तुलनामा निरन्तर राम्रो प्रदर्शन गरिरहेको छ की छैन भन्ने थाहाँ पाउन Return on Equity (RoE) हेर्ने गरिन्छ । कुल सम्पत्तिबाट बाध्य दायित्व (शेयर होल्डर बाहेकको दावी) घटाउँदा इक्विटी प्राप्त हुन्छ ।
गणितिय हिसाबमा खुद नाफालाई कुल इक्विटी (Equity) ले भाग गर्दा Return on Equity आर.ओ.ई. औसतमा आ.ब. २०७८÷०७९ मा ११.०५% प्रतिशत रहेकोमा आ.ब. २०८०/८१ मा आउँदा ९.२१% प्रतिशतमा झरेको छ । गत आ.ब. को चौथो त्रैमाससम्म वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी Return on Equity स्टाण्डर्ड चार्टड बैकको १६.०१% प्रतिशत छ ।
दोस्रोमा एभरेष्ट बैंकको १३.३२% प्रतिशत Return on Equity सबैभन्दा कम हुनेमा नेपाल बैंक लिमिटेड रहेको छ । त्यस्तै दोस्रोमा Return on equity कम हुनेमा एन.आई.सी. एशियाको ४.५८ प्रतिशत छ । तीन आ.ब. को तथ्याङ्क हेर्दा एन.आई.सी. एशियाको Return on Equity निरन्तर घट्दो रुपमा रहेको छ । यसको रिर्टन अन इक्विटी आ.ब. २०७९/०८० मा १६.९७% प्रतिशत रहेकोमा गत वर्ष ०८०/८१ मा ४.२८ प्रतिशतमा झरेको छ । सामान्यतया Return on Equity १५ देखि २०% प्रतिशत सम्म भएको कम्पनीलाई राम्रो मानिन्छ । पूँजी बढेकोछ, नाफा घटेको छ जसका कारण Return on Equity घटेको हो । प्राभिजिनिङ्ग पनि बढिरहेकोले नाफामा असर देखियो र Equity मा प्रतिफल आउन सकेन् । विगत केहि वर्षमा मर्जर तथा प्राप्ति र बोनस शेयर वितरणका कारण बैंकहरुको पुँजी धेरै पुगिसकेको छ । पूँजी बढिरहँदा त्यस अनुसार लगानी वृद्धि गरी नाफा बढाउन नसक्दा शेयर लगानीकर्ता आकर्षित हुन नसकेको हो । बैंकको शेयरमा भन्दा अन्य कम्पनी हाइड्रो पावरको शेयरमा गरेको लगानीबाट बढि प्रतिफल देखिन थालेपछि बैंकको शेयरमा लगानीकर्ता कम आकर्षण देखिएको हो । पूँजी बढे अनुसार आम्दानी नभएपछि बैंकको Return on Equity घटेको हो ।
प्रा. शत्रुघन श्रेष्ठ
(अर्थ विश्लेषक, शेयर लगानीकर्ता)

