काठमाडौं। नागरिक लगानी कोषको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा सम्पन्न भएको हो ।
उक्त सभाले गत वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पास गरेको हो ।
आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल भएको थियो । सभाले आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि पास गरेको छ।
सभामा शेयर लगानीकर्ताले उठाएका प्रश्नहरूको कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले प्रश्नको सम्बोधन गरेका थिए।


