काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको विनिमय दरमा सामान्य वृद्धि भएको छ।
आजका लागि अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ३४ पैसा र बिक्री दर १५२ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिद दर १७३ रुपैयाँ ८४ पैसा र बिक्री दर १७४ रुपैयाँ ५३ पैसा कायम गरिएको छ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर २०३ रुपैयाँ ११ पैसा र बिक्री दर २०३ रुपैयाँ ९१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
खाडी मुलुकतर्फ साउदी अरबियन रियाल एकको खरिद दर ४० रुपैयाँ ५६ पैसा र बिक्री दर ४० रुपैयाँ ७२ पैसा कायम गरिएको छ भने कतारी रियाल एकको खरिद दर ४१ रुपैयाँ ७९ पैसा र बिक्री दर ४१ रुपैयाँ ९५ पैसा रहेको छ।
त्यसैगरी, मलेसियन रिंगिट एकको खरिद दर ३७ रुपैयाँ २९ पैसा र बिक्री दर ३७ रुपैयाँ ४४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

