काठमाडाैं । नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बुधबार पाँच दिन म्याद थप गर्ने आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका क्रममा पौडेललाई म्याद थपका लागि बुधबार विशेष अदालतमा उपस्थित गराएको थियो। अदालतले विभागको मागअनुसार थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

