काठमाडौँ । दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा आइतबार पुनः ५.६ म्याग्निच्युडको भूकम्प गएको छ।
युरो–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (ईएमएससी) का अनुसार अरागुआ तट नजिक समुद्रलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको केन्द्र ३० किलोमिटर गहिराइमा रहेको थियो।
यसअघि स्थानीय समयअनुसार जुन २४ को साँझ केही सेकेन्डको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पले भेनेजुएलालाई हल्लाएको थियो।
ती भूकम्पमा परी हालसम्म १ हजार ४३० जनाको मृत्यु भएको छ भने ३ हजार ३०० भन्दा बढी घाइते भएका छन्। भत्किएका संरचनाभित्र अझै ६८ हजार ९०० जना बेपत्ता रहेको र उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।
शनिबार पनि भेनेजुएलामा ४.९ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो। लगातारका भूकम्पीय गतिविधिले थप त्रास बढाएको छ।

