काठमाडौँ । नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दको निधन भएको छ। ललितपुर-१८, नख्खु सिर्जनामार्ग निवासी चन्दको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी तुलबहादुर कार्कीका अनुसार मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज बिहान पूर्वडीआईजी चन्दको मृत्यु भएको हो।
प्रहरीका अनुसार उनी यही असार ५ गते एक्कासि बेहोश भै ढलेका थिए।
तत्काल मेडिसिटी अस्पताल लगिएका उनलाई त्यही दिन डिस्चार्ज गरिएको थियो।
असार १० गते पुन: बिरामी परेपछि उनलाई मेडिसिटी अस्पतालकै आईसीयूमा भर्ना गरिएको थियो।
उपचारका क्रममा बिहान ६.५५ बजे उनको निधन भएको एसएसपी कार्कीले जानकारी दिए।

