काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंले पदबाट राजीनामा दिएका छन् ।
सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष उनले राजीनामा बुझाएपनि सार्वजनिक भएको थिएन । सिईओ चापागाईको राजीनामा-पत्रमा व्यक्तिगत कारणले पदबाट राजीनामा दिनुपरेको उल्लेख गरेका छन् ।
चापागाईंको राजीनामा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सोमबार नै स्वीकृत गरेका अर्थमन्त्रीकाे सचिवालयले जनाएकाे छ।

