काठमाडौँ । लगातारको वर्षा र बाढीले डाइभर्सन बगाएपछि बिपी राजमार्ग अवरुद्ध भएको छ।
आइतबार दाप्चाखोलामा आएको बाढीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडा नजिकैको डाइभर्सन बगाएको हो।
बाढीले डाइभर्सन बगाएपछि बिपी राजमार्ग हुँदै चल्ने सवारीसाधन रोकिएका छन्।
घुम्ती भएको ठाउँ र चौकीडाँडा खण्डमा क्षति पुगेपछि तत्कालका लागि सबै किसिमका सवारी साधन बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाे छ ।

