काठमाण्डौ । फिफा विश्वकप-२०२६ अन्तर्गत भएको राउन्ड अफ १६ को खेलमा क्यानडालाई हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
जारी विश्वकपको सहआयोजकसमेत रहेको क्यानडालाई अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा ३–० ले हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
मोरक्कोको जितका लागि अज्जेदिन ओउनाहीले दुई र सुफियान रहिमीले एक गोल गरेका हुन् ।
खेलको ५०औं मिनेटमा ओउनाहीले गोल गर्दै मोरक्कोलाई पहिलो अग्रता दिलाएका थिए ।
कप्तान अच्राफ हाकिमीको असिस्टमा ओउनाहीले गोल गरेका थिए । उनै ओउनाहीले खेलको ८२औं मिनेटमा गोल गर्दै मोरक्कोको अग्रता दोब्बर बनाए।
दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा रहिमीले गोल गर्दै मोरक्कोलाई ३–० को सहज जितमा पुर्याए।

