-जयराम बिडारी
साउन ५,काठमाडौँ ।
नेपालको एक मात्र राष्ट्रिय साहित्यिक साप्ताहिक पत्रिका ‘कपन बानेश्वर’ (कबा) ले आफ्नो स्थापनाको १५ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । साहित्य सदन, रामहिटी (बौद्ध) मा आयोजना गरिएको विशेष समारोहमा साहित्य, कला तथा पत्रकारिताका माध्यमबाट समाजमा पुर्याएको योगदानको कदर गर्दै विभिन्न स्रष्टा तथा व्यक्तित्वहरूलाई ‘कबा सम्मान तथा पुरस्कार अर्पण गरियो ।
कार्यक्रममा उपस्थित सम्पूर्ण अभ्यागतहरूलाई नै प्रमुख अतिथिको रूपमा स्वीकार गरिएको थियो । वरिष्ठ साहित्यकार गङ्गा पौडेल संयोजक, कबाका स्तम्भकार एवं कवि त्रिलोचन आचार्य तथा कबा साहित्यकार उपचार कोषका अध्यक्ष दुर्गा अधिकारी ‘भमरकोटे’ सदस्य रहेको प्रतिभा चयन समितिको सिफारिसका आधारमा स्रष्टाहरूलाई पुरस्कृत तथा सम्मानित गरिएको हो ।
t
कार्यक्रममा विभिन्न विधा र क्षेत्रमा योगदान पुर्याएका स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरियो ।
कबा विशिष्ट सम्मानबाट विष्णु पन्त,कबा सम्मानबाट वासुदेव पौडेल र शम्भु प्रकृति,महेन्द्र-इन्दिरा साहित्यिक पत्रकारिता पुरस्कारबाट कपन अनलाइनमा सम्पादक पुण्यराज पुडासैनी,
नालाङ कबा रचना पुरस्कारबाट भलाद्मी भोला,पुष्करप्रसाद श्यामा स्मृति कबा रचना पुरस्कारबाट अंशु भट्ट,अविरल गङ्गा कबा रचना पुरस्कार (मोफसल) पश्चिम नवलपरासी बाट विश्वजित गुप्ता,
हेमगङ्गा बाल रचना पुरस्कारबाट भावना बराल र भमरकोटे रचना सुसेली पुरस्कारबाट कृष्णप्रसाद पौडेल ‘जस्ताघरे‘पुरस्कृत/ सम्मानित भएका छन् ।
समारोहमा उपस्थित साहित्यकार, पत्रकार तथा विशिष्ट व्यक्तित्वहरूले सम्मानित स्रष्टाहरूलाई खादा, टीका, सादा पोशाक (सास), सम्मानपत्र र नगद राशि अर्पण गरेका थिए ।
विष्णु पन्तलाई सपना अधिकारी, वासुदेव गुरागाईँ, रामचन्द्र दाहाल र गुरुदेव उपाध्यायले सम्मान अर्पण गरेकाा थिए ।
वासुदेव पौडेललाई यमुना पोखरेल, बुद्धिमान महर्जन, चन्द्रा न्यौपाने र ओमप्रसाद कोइरालाले सम्मानित गरे ।
शम्भु प्रकृतिलाई मिना सुवेदी, श्रीराम पाण्डे, जयराम बिडारी र ढुण्डिराज पोखरेलले सम्मानित गरेका थिए ।
पुण्यराज पुडासैनी (संरक्षक: महेन्द्र चालिसे) लाई जानकी भारती, सिताराम भट्टराई, हरिश कल्पित, प्रल्हाद पोखरेल र इन्दिरा चालिसेले पुरस्कृत गरेका थिए ।
भलाद्मी भोला (संरक्षक: माधवलाल श्रेष्ठ) लाई राधिका पन्त, श्यामप्रसाद श्रेष्ठ, परशुराम अधिकारी, गोविन्द घिमिरे ‘वेदमणि’ र माधवलाल श्रेष्ठले पुरस्कृत गरेका थिए ।
अंशु भट्ट (संरक्षक: पुष्करप्रसाद श्यामा खरेल) लाई अरुणा ढकाल, विमल अर्याल, विक्रम श्रेष्ठ ‘सागर’, वसन्त रिजाल र सञ्चिता खरेलले पुरस्कार हस्तान्तरण गरेका थिए ।
विश्वजित गुप्ता (संरक्षक: गङ्गा लिगल) लाई रश्मी रिमाल, प्रमोद नेपाल, प्रतिक घिमिरे, पवन आलोक र गङ्गा लिगलले पुरस्कार प्रदान गरेका थिए ।
भावना बराल (संरक्षक: हेम पौडेल) लाई शारदा पराजुली, किशोर श्रेष्ठ, एन. बी. जनकपुरी, ममता मृदुल र गङ्गा पौडेलले पुरस्कृत गरेका थिए । यसैगरी
कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’ (संरक्षक: दुर्गा अधिकारी भमरकोटे) लाई मेनका पोखरेल, वासुदेव ठकुरी, चेवन बस्नेत, द्वारिका कुईंकेल र दुर्गा अधिकारी ‘भमरकोटे’ले पुरस्कार प्रदान गरे ।
कबाकी संरक्षक तथा प्रतिभा छनौट समितिकी अध्यक्ष गङ्गा पौडेलले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा कबाका स्तम्भकार एवं कवि त्रिलोचन आचार्यले ‘कबा साहित्यकार उपचार कोष’का संरक्षक तथा दाताहरूको योगदानमाथि प्रकाश पारेका थिए ।
औपचारिक आसन र भाषणरहित ढङ्गले सञ्चालन गरिएको उक्त समारोहलाई उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीद्वारा संक्षिप्त सम्बोधन गर्दै समापन गरिएको कार्यक्रममा साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

