काठमाडौं ।
नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ। बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा प्रदान गरिने बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड अन्तर्गत निजी क्षेत्रका बैंकतर्फ लगातार तेस्रो पटक गोल्ड अवार्ड जित्न सफल भएको हो।
यससँगै, बीपीए अवार्डको इतिहासमै पहिलो पटक समावेश गरिएका कर्पोरेट गभर्नेन्स डिस्क्लोजर अवार्ड र सस्टेनेबिलिटी रिपोर्टिङ अवार्ड दुवैतर्फ पनि नबिल बैंकले सर्टिफिकेट अफ मेरिट प्राप्त गरेको छ। यसरी नबिल बैंकले एकै वर्ष तीनवटा प्रतिष्ठित सम्मान हात पार्दै आफ्नो वित्तीय पारदर्शिता, सुशासन र दिगोपनाप्रतिको प्रतिबद्धतालाई पुनः स्थापित गरेको छ।
मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा आइक्यानका अध्यक्ष सि.ए. निलबहादुर सारु मगर ले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र वित्त प्रमुख सन्दिप बाबु पौडेल लाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए।
बैंकले लगातार उत्कृष्ट वार्षिक प्रतिवेदन, सुदृढ कर्पोरेट सुशासन र दिगो वित्तीय प्रतिवेदन प्रस्तुत गर्दै बैंकिङ क्षेत्रमा आफ्नो नेतृत्वदायी भूमिका थप मजबुत बनाएको जनाएको छ।
Previous Articleकाठमाण्डौसहित २६ जिल्लामा आज बाढीको जोखिम, सतर्क रहन अपिल
Next Article वैज्ञानिक डा चन्द्र गिरीले ल्याए तेस्रो कृति डङ्की

