काठमाडौँ । फिफा विश्वकप अन्तर्गत बिहिवार राति भएको खेलमा अस्ट्रियालाई ३-० ले पराजित गर्दे स्पेन अन्तिम १६ मा प्रवेश गरेको छ।
स्पेनले १६ वर्षपछि विश्वकपको नकआउट चरणमा पहिलो जित हासिल गरेको हो। सन् २०१० को विश्वकप जिते यता स्पेनले विश्वकपको नकआउट चरणमा जित हासिल गर्न सकेको थिएन।
अमेरिकाको लस एन्जलस स्टेडियम (सोफी स्टेडियम)मा भएको खेलमा मिकेल ओयाजाबालको दुई गोलको मद्दतमा स्पेनले अस्ट्रियामाथि सानदार जित हात पारेको हो।
स्पेनले अब अन्तिम ८ मा जानको लागि पोर्चुगल र क्रोएसियाबीचको खेलको विजेता पोर्चुगलसँग खेल्नु पर्नेछ। क्रोयसिया र पोर्चुगलबीचको खेलमा पोर्चुगलले क्रोयसियालाई पराजित गरिसकेको छ ।
स्पेनका लागि ओयाजाबालले दुबै हाफमा एक-एक गोल गरे भने पेड्रो पोरोले एक गोल गरे।
ओयाजाबालले खेलको ३६औँ मिनेटमा पहिलो गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। उनले मार्क कुकुरेलाको पासमा गोल गरेका थिए।
खेलको ६६औँ मिनेटमा अलेक्स बाएनाको क्रसमा पेड्रो पोरोले हेडमार्फत गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए।
स्पेनका लागि यो पोरोको पहिलो अन्तर्राष्ट्रिय गोल समेत हो।
ओयाजाबालले खेलको ८९औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको जित सुनिश्चित गरेका हुन् ।

