काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार अमेरिकी डलर, युरो, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा सामान्य गिरावट आएको छ। यद्यपि पाउन्ड स्ट्रलिङ र अस्ट्रेलियन डलरको विनिमयदर भने बढेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा कायम गरिएको छ। अघिल्लो दिन यसको खरिददर १५० रुपैयाँ ६४ पैसा र बिक्रीदर १५१ रुपैयाँ २४ पैसा रहेको थियो।
अमेरिकी डलरको विनिमयदर गत जेठ ७ गते हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। त्यस दिन एक अमेरिकी डलरको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा निर्धारण गरिएको थियो।
यस्तै, आज एक युरोको खरिददर १७२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३४ पैसा तोकिएको छ। अघिल्लो दिन यसको खरिददर १७२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३६ पैसा थियो।
पाउन्ड स्ट्रलिङको मूल्य भने बढेको छ। आज एक पाउन्डको खरिददर १९९ रुपैयाँ ३४ पैसा र बिक्रीदर २०० रुपैयाँ १३ पैसा कायम गरिएको छ। हिजो यसको खरिददर १९९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९५ पैसा थियो।
त्यसैगरी, अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको छ। अघिल्लो दिन खरिददर १०५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९५ पैसा रहेको थियो।
कुवेती दिनारको खरिददर ४९० रुपैयाँ १४ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ०९ पैसा कायम गरिएको छ। हिजो यसको खरिददर ४९० रुपैयाँ २१ पैसा र बिक्रीदर ४९२ रुपैयाँ १६ पैसा थियो।
त्यस्तै, बहराइन दिनार एकको खरिददर ३९९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ११ पैसा तोकिएको छ। अघिल्लो दिन यसको खरिददर ३९९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४०१ रुपैयाँ १६ पैसा रहेको थियो।
राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर फरक हुन सक्ने भएकाले अद्यावधिक जानकारीका लागि केन्द्रीय बैंकको वेबसाइट हेर्न आग्रह गरिएको छ।

