काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज (शनिबार) चितवनमा बस्दैछ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक दिउँसो १ बजे भरतपुरस्थित होटल सीएमटीको सभाहलमा आयोजना हुनेछ । बैठकमा आगामी राष्ट्रिय महाधिवेशनको तयारीलाई मुख्य प्राथमिकताका साथ विभिन्न विषयमा विस्तृत छलफल गरिने जनाइएको छ।
बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी सम्बन्धी विषय,महाधिवेशन प्रतिनिधि चयन तथा व्यवस्थापन सम्बन्धी विषय,महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदन सम्बन्धी विषय,पार्टी विधान संशोधन सम्बन्धी प्रस्ताव
र विविध समसामयिक विषयमा छलफल गरिने कार्यसूचिमा छ ।
रास्वपाले आगामी महाधिवेशनलाई संगठन सुदृढीकरण र भावी राजनीतिक कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ। त्यसैले आजको बैठकलाई महाधिवेशनको तयारीसँग जोडिएको महत्वपूर्ण निर्णयात्मक बैठकका रूपमा हेरिएको छ।

