काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको जनवर्गीय बुद्धिजीवी संगठन नेपालको राष्ट्रिय एकीकरण भेला भोलि असार ६ गते शनिबार काठमाडौंमा आयोजना हुने भएको छ।
काठमाडौंको बानेश्वरस्थित थापा गाउँमा रहेको काठमाडौं बैंक्वेटमा दिउँसो १२ बजेबाट सुरु हुने भेलामा सम्बन्धित नेता, कार्यकर्ता तथा बुद्धिजीवीहरुलाई उपस्थितिका लागि आयोजकले अनुरोध गरेको छ।
भेलालाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नुहुनेछ भने पार्टीका सह–संयोजक माधव कुमार नेपालले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ।
राष्ट्रिय एकता, संगठन सुदृढीकरण तथा बुद्धिजीवी समुदायको भूमिकाबारे छलफल हुने उक्त भेलालाई महत्वपूर्ण रुपमा हेरिएको छ।

