मुतकारिब मुसम्मन सालिम
१२२ १२२ १२२ १२२
बिमला चन्द सानू
बैतडी
हाल : काठमाडौं
कहाँ हुन्छ छाँया अँध्यारो कुनाको
जरा काट्न थाले नरम् त्यो मुनाको ।
चलेको रगतमा जमेको छ पानी
कुनै जात हुन्न गरिबका तुनाको ।
जमाना छ नौलो छ बानी पुरानै
छ विश्वास हाम्रो अझैँ त्यो टुनाको ।
बोलेका कुराले यहाँ ज्यान लिन्छ
छ बदनाम धेरै रडाको चुनाको ।
यहाँ चाँदनीले छरेको छ आभा
बढ्यो धेर माया हजारौँ गुनाको ।

