काठमाडौँं । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्सले स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालाा भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।
खेलको ४५औँ र ७४औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गरे भने खेलको ५३औँ मिनेटमा ब्राडली बारकोलाले गोल गर्दै फ्रान्सको जितका लागि महत्वपूर्ण भूमिका खेले ।
अब अन्तिम १६ मा फ्रान्स र पाराग्वेका बीच भिडन्त हुनेछ । अन्तिम–३२ को खेलअन्तर्गत गए राति भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।

