नारी
रीहा ढुङ्गाना
नारी केवल एउटा नाम होइन,
त्याग र समर्पणको पहिचान हो।
घरदेखि देशको जिम्मेवारी काँधमा बोकी,
उनी जीवनको बलियो आधार हो।
सन्तानको लालन–पालनमा,
आफ्ना सपना कतै हराउँछन्।
अरूको खुसीका लागि हाँस्दा,
आफ्ना आँसु लुकाउँछन्।
सामाजिक मूल्य–मान्यताको डर,
पाइलापाइलामा साथ हुन्छ।
पितृसत्तात्मक सोचका नियमले,
कहिलेकाहीँ मनभित्र घाउ हुन्छ।
आर्थिक तनाव र संघर्षबीच पनि,
उनी आशाको दीप बाल्छिन्।
अँध्यारा दिनहरू आए पनि,
हिम्मतले संसार सम्हाल्छिन्।
नारी कमजोर होइनन् कहिल्यै,
उनी शक्ति र सृष्टिको मूल हुन्।
सम्मान, समानता र अवसर पाए,
नारी नै परिवर्तनको संवाहक हुन्।

