काठमाण्डौ । संस्कृतिकर्मी तथा कवि तीर्थ श्रेष्ठ पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा नियुक्त भएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पोखराका स्थायी निवासी श्रेष्ठलाई बुधबार कोषको सदस्य सचिव नियुक्त गरेका हुन्।
पशुपति क्षेत्र विकास कोषको अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहने कानुनी व्यवस्था छ।
श्रेष्ठ विगत २५ वर्षदेखि पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरको संरक्षण तथा विकासका लागि विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिमा आबद्ध रहँदै आएका छन्। हाल उनी उक्त समितिको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा छन्।
श्रेष्ठ सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव तथा पोखराका पूर्वप्रधानपञ्च समेत हुन्। उनी नेपाली काँग्रेस सम्वद्द लेखक-साहित्यकारको संगठन नेपाली लेखक संघका निवर्तमान अध्यक्ष समेत हुन् ।

