काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंसिर २६,२७ र २८ गते काठमाण्डौमा पार्टीको महाधिवेशन गर्ने घोषणा गरेको छ ।
पार्टीको केन्द्रीय कार्य सम्पादन समिती बैठकले आगामी महाधिवेशनको कार्यतालिका तय गरेको हो।
बिहीबार धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा महाधिवेशन आयोजना गर्ने निर्णयसहित कार्यतालिका पारित गरेको हो।
बैठकमा निर्वाचन समितिले तयार पारेको नियमावली र निर्देशिकालाई आवश्यक परिमार्जनसहित स्वीकृत गरिएको छ ।
अब कार्यसम्पादन समितिबाट पारित प्रस्तावहरू आज शुक्रबारबाट सुरु हुने केन्द्रीय समितिको बैठकमा पेश गरिने जनाइएकाे छ। केन्द्रीय समितिले ती प्रस्तावहरूमाथि विस्तृत छलफल गरी आवश्यक निर्णय लिने तयारी गरिएको पार्टीका एक नेताले जानकारी दिए ।

