काठमाडौँ । फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एक नागरिक विमान दुर्घटना हुँदा विमानमा सवार सबै ११ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार टोम्ब्लेन कम्युन नजिक दुर्घटना भएको हो ।
उक्त विमान न्यान्सी–एसे विमानस्थलबाट उडेको हो ।
फ्रान्सेली टेलिभिजन बीएफएमटीभीका अनुसार मृतकमध्ये एक जना पाइलट र १० जना स्काइ ड्राइभर हुन् ।

