काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व परराष्ट्रमन्त्री आरजु देउवा राणालाई बयानका लागि बोलाएको छ । मंगलबार आयोगको टोलीले बुढानिलकण्ठस्थित निवासमा सूचना टाँस गर्दै बयानका लागि बोलाएको हो ।
पासपोर्ट छपाइमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बयानका लागि बोलाएको हो ।
अख्तियारको टोली २ दिनअघि (मंगलबार) पूर्व परराष्ट्रमन्त्री राणाको बूढानीलकण्ठस्थित निवासमा पुगेर म्याद टाँसी सूचना टाँसेको मितिले बाटोको म्यादबाहेक ३ दिनभित्र आयोगको टंगालस्थित कार्यालयमा बयान दिन उपस्थित हुन भनिएको छ ।
अख्तियारले पासपोर्ट छपाइ खरिद प्रक्रियामा राणाको संलग्नताको अभियोगमा बयानका लागि म्याद दिएकाे हो ।
अख्तियारमा पासपोर्ट छपाइको ठेक्कापट्टा प्रक्रियामा डा. राणाको संलग्नता रहेको दाबीसहित उजुरी परेको छ । अहिले उजुरीमाथि प्रारम्भिक अनुसन्धान भइरहेको छ ।

