काठमाडौँ । गए राति सिन्धुलीस्थित कमलामाई नगरपालिका–११ छतिवनस्थित एक पोल्ट्री फार्ममा चट्याङका कारण विद्युत सर्ट भै आगलागी हुँदा ठूलो क्षति भएको छ।
स्थानीय कृषक सुक्रबीर माझीको स्वामित्वमा रहेको पोल्ट्री फार्ममा विद्युत् लाइन सर्ट भई आगलागी भएको हो। आगलागीबाट फार्मका दुईमध्ये एउटा खोर पूर्ण रूपमा जलेर नष्ट भएको गजलकार, मुक्तककार समेत रहेकी स्थानीय रेश्मा राना ठकुरीले बताएकी छन् ।
फार्ममा रहेका करिब ५ हजार कुखुरामध्ये सो खोरमा २ हजार ५ सय कुखुरा आगलागीका कारण पूर्ण रुपमा जलेर नष्ट भएको जनाइएको छ। घटनामा मानवीय क्षति भने नभएको स्थानीय स्रोतले जनाएको छ।

घटनापछि स्थानीयवासी र सरोकारवालाले क्षतिको विवरण संकलन सुरु गरेका छन्।

