काठमाडौं । आइतबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर २ लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँ मा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि सामान्य घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ६०५ रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो।

