शत्रुघन श्रेष्ठ
ग्लोबल आईएमई बैंक लि.को ग्राहक संख्या ५० लाख नाघेको छ । वि.सं. २०६३ सालमा “सबैका लागि बैंक” भन्ने मूल नाराका साथ (The Bank for all) ग्लोबल बैंकको नामबाट स्थापना भएको यो बैंकले स्थापनाको १७ वर्षमै विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरसँग मर्जर तथा अक्वििजिसन (Acquisition) गर्दै अधिकांश (Every Indicators) हरेक वित्तीय सूचकहरुमा मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक वन्न सफल भएको छ । साथै, हालैमात्र बैंकको निक्षेप ५ खर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । पूँजी, शाखा सञ्जालका साथसाथै कुल निक्षेप र ग्राहक संख्यामा पनि ग्लोबल I.M.E बैंक नेपालको बैंक तथा वित्तीय संस्थाहरु मध्ये पहिलो नम्बरमा रहेको छ । ग्राहक मैत्री सेवाहरु साना तथा मझौला व्यवसायमा जोड, प्रविधिमैत्री सेवाहरुका साथै उत्तरदायी वैकिंङ्कको अभ्यास गर्दै बैंकले आम नागरिकको विश्वास जित्दै आएको छ । ग्लोबल I.M.E बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको नीजि क्षेत्रको पहिलो बैंक हो । बैंकका १,१०० भन्दा बढी सेवा केन्द्रहरु जसमा ३५४ शाखा कार्यालय, ३८४ A.T.M २६६ शाखा रहित बैंकिङ्क सेवाहरु ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्तरहरु ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयहरु रहेका छन् ।
बैंकले नेपाली नागरिकहरुलाई बैकिङ्क सेवाहरु प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरुबाट रेमिट्यान्स भित्रयाउने सुविधा पनि दिदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानाडा, अष्ट्रेलिया, मलेशिया, दक्षिणकोरिया, जापान, साउदी अरब, कतार, ग्।ब्।भ् बहराइन, कुवेत, भारत, जोर्डन बाट पनि रेमिट्यान्स भित्रयाउन सफल भएको छ ।
बैंकको हाल चुक्ता पुँजी रु ३५ अर्ब ७७ करोड भन्दा बढी भई नेपालकै सबैभन्दा ठूलो बैंक बन्न सफल भएको छ । कूल पूँजी रु ५८ अर्ब ६९ करोड रहेको छ । बैंकले आ.ब. २०७९/८० मा रु ७ अर्ब २५ करोड नाफा गर्न सफल भई नेपाल सरकारलाई राजस्वमा (कर) सबैभन्दा बढी कर (बैंकहरु मध्ये) तीरी रु ५ अर्ब तिरेर पहिलो बैंक बन्न सफल भएको छ । त्यतीमात्र नभै बैंकले ने.रा.बैंकको ६९ औं वार्षिकउत्सवको अवसरमा आयोजित कार्यक्रममा आ.ब. २०७९/८० मा सर्वाधिक रेमिट्यान्स भित्राउने बैकहरु मध्येमा ग्लोबल बैंकले बैंकहरुमध्ये टप १ मा २१.१ प्रतिशत रेमिट्यान्स भित्रयाएर बैंक अग्रणी बैंक वन्न सफल भई राष्ट्रबैंकका गर्भनरबाट पुरस्कृत भएको छ । ग्लोबल I.M.E बैंकलाई Global Finance म्यागजिनको “Best Bank” Award 2024 बाट सम्मानित भएको नेपालको सबैभन्दा चुक्तापँ’जीमा ठूलो बैंकलाई विश्व भरिका सर्वश्रेष्ठ बैंकहरु छनौट गरि Global I.M.E सम्मानित गरेको हो ।
बैंक प्रति निक्षेप कर्ता, कर्जावाला, वित्तीय श्रोत परिचालन, व्यवसायिक तथा ग्राहक मैत्री सेवाहरुको विकास, क्रोडिट, रेटिङ लगायतका मापदण्डहरु मा Global I.M.E बैंक २०२४ को लागि नेपालको उत्कृष्ट बैंक बन्न सफल भएको छ ।

