प्रा.शत्रुघन श्रेष्ठ
प्रतिकूलताका बीच पनि ग्राहकको विश्वास जोगाएको एन.आई.सी. एसिया बैंक बिभिन्न सूचकमा दृढ र अब्बल देखिएकाे छ।
गत आ.व.एन.आई.सी.एसिया बैंकका लागि त्यति सुखद रहने अराजक समूहबाट “बैंक डुब्दै छ” भन्ने भ्रामक समाचार आयो। बैंक तथा बित्तीय संस्था विरुद्ध खरो रुपमा उत्रिएका मेडिकल व्यवसायी दुर्गा प्रसाँइले बैंक डुब्न लागेको भ्रामक अभिव्यक्ति ऋणीहरुलाई ऋण नतिर्न उक्साइरहेका प्रसाइको कुरालाई विश्वास गर्नेको ठूलो जमात नै देखियो । समग्र बैंकिङ क्षेत्रलाई नै तरंगित पार्दै आएका प्रसाईले एन.आई.सी.को नामै किटानगरेर “डुब्दै” छ भनेपछि बैंकमाथि चौतर्फि दवाव बढ्यो । बैंकबाट निक्षेप निकाल्नेको लाइन नै लाग्ने अवस्था सिर्जना भयो । अवस्था प्रतिकूल बनेपछि राष्ट्र बैंक गुहार्ने अवस्थामा बैंक पुग्यो । बैंकबाट महनामै करोडौं करोड रुपैया बाहिराएको खवरहरु प्रकाशित हुन थाले । बैंक विरुद्ध अफाव भ्रामक समाचारहरु यसरी फैलिए की आम सर्वसाधारणहरुलाई बैंक साच्चै डुब्दै छ की, भन्ने भ्रम हुन पुग्यो । यस बिचमा बैंकलाई स्पष्टीकरण दिदैमा हैरान हुने अवस्था आयो ।
राष्ट्रबैंकले पनि बैंकलाई प्रतिकूल अवस्थाबाटत फिर्ता ल्याउन अहम् भूमिका निर्वाह ग¥यो र पछि क्रमीक रुपले बैंकमा वित्तीय सूचकहरुमा राम्रो संकेत (सुधारमा) देखिदै गयो ।
बैंकले २६ (विगत) वर्षदेखिको आफूले कमाएकाे साख र विश्वासलाई आफ्ना ग्राहक समक्ष विश्वासलाई भरपुर र मजबुत तवरबाट विश्वासमा ल्याई बैंक आर्थिक उन्रति हरेक सूचांकहरुमा दरिलो बलियो, विश्वासीलो हुँदै गइरहेको छ ।
निक्षेप संकलनमा अब्बल ः यति कठीन र प्रतिकूल अवस्थाका बीचमा पनि बैंकले ग्राहक तथा सेवग्राहीहरुको विश्वासलाई जोगाएको छ । यो कुरा बैंकले गत आ.व.मा संकलन भएको निक्षेपले देखाउँछ । गत आ.व.को अन्त्यसम्म २०८०।८१ मा बैंकले निक्षेप संकलन १३.८६ प्रतिशतले बढाउन सफल भएको छ । बैंकले ५४ अर्व ५१ करोड १८ लाख रुपैया निक्षेप संकलन गरेको छ । अघिल्लो आ.व. ०७९/०८० मा बैंकले ३ खर्ब ११ अर्ब ३६ करोड ७९ लाख २२ हजार रुपैया निक्षेप संकलन गरेको थियो । बैंकले कर्जा विस्तारमा समेत ठूलो उपलब्धि हात पार्दै कर्जा प्रवाहमा ३.९५% ले बढाउन सफल भई गत आ.व.को चौथो त्रेमाससम्ममा बैंकले २ खर्व ७२ अर्ब ९ करोड ९३ लाख ४२ हजार रुपैया लगानी गर्न सफल भएको छ । अघिल्लो वर्ष २०७९/८० मा बैंकले २ खर्व ६१ अर्ब ७७ करोड २० लाख ३१ हजार रुपैया कर्जा प्रवाह गरेको थियो । धेरै बैंकहरुले प्रतिकूल आर्थिक अस्थिरताको बावजुदको समयमा कर्जा लगानी बढाउन नसकेको अवस्थामा पनि एन.आई.सी.ले कर्जा प्रवाहमा बढोत्तरी गरी सबै बैंकहरुलाई उछिनेको छ । यद्यपी प्रतिकूल अवस्थाको सामना गर्नुपर्दा पनि बैंकको नाफा, व्याज आम्दानी र प्रतिशेयर आम्दानी लगायतमा हरेक सूचकहरुमा बैंक अगाडी बढ्न सफल भएको छ । तर अहिले पनि बैंकको आम्दामनी बढिरहेकै छ । ठूला ठूला बाणिज्य बैंकहरु एक आपसमा मर्ज भै बनेका संस्थासँग कुममा कुम जोडेर प्रतिस्पर्धा गरिरहेका छन् । आज पनि एन.आइ.सी. एसिया देशकै चिर परिचित सुप्रसिद्ध बैंक ५ औं ठूलो बैंकमा उभिएर आएको छ ।
Big Merger बाट आएका कुमारी, लक्ष्मी, सनराईज, प्रभू, हिमालयन जस्ता बैंकहरुले अहिले पनि एन.आइ.सी.एसियाको स्तरमा जनताको निक्षेप हात पार्न सकेका छैनन् । कर्जा बिस्तारमा पनि शिर्ष ५ बैंकको सूचीमा एन.आई.सी. एसिया कायमै छ । सम्पत्तिको आकार मापन गर्ने हो भने पनि एन.आई.सी.एसिया देशको छैटौं ठूलो बैंक हो । उसँग अहिले ४ खर्व ११ अर्ब २२ करोड ३९ लाखको सम्पत्ति छ । यो भनेको नेपाल SBI रMBL को कुल सम्पत्ति भन्दा पनि बढी हो । पूँजीको हिसावले १२ औं स्थानमा रहेको यो बैंकले आफ्नो क्षमताले भ्याएसम्म कारोवार गरिरहेको छ । गत असारमसान्तसम्मको आँकडा हेर्ने हो भने एन.आई.सी. एसियाले आफ्नो कुल पँजीको ९.३९% गुणा कर्जा प्रावह गरेको छ । अरु कुनै पनि बैंकले पूँजीको ८ गुणा पु¥याउन सकेका छैनन् । यसले बैंकको उच्च इफिसियन्सीलाई दर्शाएको छ ।
अर्को राम्रो पक्ष भनेको यसको कर्जा सुरक्षण हो । कुषि विकास कुमारी, एन.एम.वि र सिद्धार्थ पछि सबैभन्दा धेरै कर्जा सुरक्षण गर्ने बैंक यहि हो । ठूलो आकारको कर्जा प्रवाह गर्ने बैंकहरुमध्ये एन.आई.सी. बैंक हो । जसले उच्चतम स्तरमा कर्जा सुरक्षण गरेको छ । बजारमा अनेकौं किसिमको भ्रामक हल्ला र आक्रमण हुँदा खेरी पनि बैंक कँहि कतै विचलित नभै बैंकले आफ्ना आर्थिक गतिविधिहरुलाई छिटो र छरिटोका साथ आम्दानीमा दिगोपना ल्याउन सफल बैंक बन्न पुगकोे छ । निष्कृय कर्जादर पनि अरु बैंकको तुलनामा निकै कम ३.४१% छ। अरु बैंकको निष्कृय कर्जादर ३.५४% रहेको छ । बैंकले आफ्नो व्यवसाय अझ मजबुत बनाउनका लागि पुँजी वृद्धीका लागि ८.५०% को अनिमोव्य, अग्राधिकार शेयर ल्याउने योजना बनाएको छ, जसले गर्दा बैंक अझ यो भन्दा बढि रफतारमा आर्थिक उन्नतीको पथमा लम्कीदै गई लगानीकर्ता शेयरधनीहरुलाई बिगत वर्षमा दिए जस्तै उच्चतम लाभांश दिन सक्षम हुँदै जानेछ ।
श्रेष्ठ आर्थिक बिश्लेषक तथा बैंकका शेयरधनि हुन्।

