डोल्पा, मङ्सिर ७ गते । डोल्पाको जगदुल्ला गाउँपालिका ४स्थित भालुपाटन चौँरी फर्ममा रहेका चौँरीहरु। यस फर्ममा स्थानीय मिलेर सामूहिकरूपमा पाँचसय भन्दा धेरै चौँरीपालन गरेका छन् । चौँरी फर्मले दुध, दही, महि, छुर्पी, चिजलगायतका परिकार उत्पादन तथा वितरण गर्दै आएको छ। फर्म सञ्चालनको लागि जगदुल्ला गाउँपालिका र कर्णाली प्रदेश सरकारले समेत सहयोग गर्दै आइरहेको छ। तस्बिरः रासस
