काठमाडौं महानगरपालिकाले आफ्नो कार्यालय परिसरमा सवारी पार्किङका लागि निःशुल्क सेवा प्रदान गर्ने भएको छ। यो सेवा मंसिर ७ गतेदेखि लागू हुनेछ। प्रत्येक साँझ ५:३० बजेदेखि राति ११ बजेसम्म महानगरको कार्यालय परिसरमा पार्किङको व्यवस्था गरिनेछ।
महानगर प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार, यो सुविधा प्रदान गर्दा कमलादी, पुतलीसडक, दरबारमार्ग, हात्तीसार र कमलपोखरी लगायतका स्थानमा सवारी आवागमन र पार्किङ व्यवस्थापन सहज हुने विश्वास गरिएको छ।
यो सेवामा दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधन दुवै समावेश गरिनेछ। पार्किङ व्यवस्थापनको जिम्मेवारी महानगर प्रहरी बलले सम्हाल्नेछ। महानगर प्रहरी बलका प्रमुख तथा वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले पार्किङलाई व्यवस्थित र सुरक्षित बनाउने कुरामा प्रतिबद्धता जनाउनु भएको छ।

