पुष २३, शनिवार, काठमाडौं । पुस २१ गतेदेखि २३ गतेसम्म जुत्ता उत्पादक संघ, नेपालको पहलमा “स्वदेशी उत्पादनको प्रयोगः आत्मनिर्भरताको आधार” को नारा दिँदै १६ औं अन्तराष्ट्रिय फुटवेयर औलोगिक प्रदर्शनी सम्पन्न भएको छ । यस प्रदर्शनीलाई आर्थिक मन्दीको अवस्थामा पनि चासो र विशेष महत्वका साथ हेरिएको थियो । यो प्रदर्शनीलाई अन्तराष्ट्रिय प्रदर्शनीका रुपमा लिइएको थियो । नेपाली उत्पादनको गुणस्तर के कस्तो छ भन्ने चासोलाई सम्पूर्ण स्वदेशी डिलर, थोक विक्रेता, खुद्रा विक्रेता एवं उपभोक्ता साथै विक्रेता र क्रेतालाई जानकारी गराउनु नै अन्तराष्ट्रिय प्रदर्शनीको मूल उद्देश्य रहेको थियो ।

नेपाली जुत्ता–चप्पल तथा छालाजन्य वस्तु उद्योगको सङ्ख्या एक हजार पाँच सय रहेका छन् । क्षमताको हिसावले १६ करोड जोर जुत्ता उत्पादन हुन्छ तर अहिले नेपाली उद्योगले वार्षिक पाँच करोड जोर उत्पादन गर्दै आएका छन् । यो क्षमताको ३५ देखि ४० प्रतिशत मात्रै हो । यस क्षेत्रमा रु ३० अर्वभन्दा बढीको लगानी छ । जुत्ता कम्पनीले ५५ हजार भन्दा बढीलाई रोजगारी दिएका छन् । स्वदेशमै उद्योगको उत्पादन बढाउनुपर्छ र त्यसको बजारीकरण स्वदेशमै हुन सक्यो भने मात्रै आत्मनिर्भर अर्थतन्त्रले मूर्त रुप पाउन सक्छ । जुत्ता–चप्पलमा नेपाल आत्मनिर्भर हुनलाई धेरै समय कुर्न पर्दैन । अवैद्य चोरी पैठारी र आयातलाई नियन्त्रण गर्न सके त्यस क्षेत्रमा ठूलो विकास गर्न सकिने सम्भावना छ । ६० प्रतिशतभन्दा बढी कच्चापदार्थ विदेशबाट आयात गरी उद्योग लगाउनु पर्ने अवस्थाबाट उद्योगहरु ग्रसित छन् । महंगो भन्सार तिररे भित्र्याउने कच्चापदार्थको उपयोगबाट निर्मित उत्पादकहरुले विदशेबाट आयात भएका उत्पादकहरुसँग प्रतिस्पर्धा गर्न कठिनाई भोगिरहेको अवस्था छ ।
जुत्ता–चप्पल उद्योगमा भएको समस्याहरु र औद्योगिक प्रदर्शन बारे हाम्रा मिडियाकर्मी प्रतिनिधिहरुले उत्पादक कम्पनीसँग गरेको संवादका सम्पादीत अंशहरु हामीले प्रस्तुत गरेका छौं ।
रविनकुमार श्रेष्ठ
पूर्व अध्यक्ष, फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपाल
संचालक: कोसेली छाला जुत्ता उद्योग, बालाजु, काठमाडौं
कच्चा पद्धार्थको भन्सार दर घटाउने हो भने आयातित जुत्ता–चप्पलसँग प्रतिस्पर्धा गर्न सक्छौं :
नेपाली जुत्ता–चप्पल बजारको अवस्थाको बारेमा श्रेष्ठ भन्नु हुन्छ – आर्थिक मन्दीको प्रभावले जुत्ता–चप्पलको बजार त्यति उत्साह छैन । सरकारले हामी व्यवसायी उद्योगीहरुलाई थुप्रै राम्रा राम्रा नीति नियम बनाउँछ तर त्यसको कार्यान्वयन छैन । नीति बनाउने र कार्यान्वयन नगर्ने हो भने त्यसको कुनै अर्थ छैन । यो प्रदर्शनी हामीले खासगरी फुटवेयर व्यवसायीको व्यवसायिक प्रवद्र्धनका लागि गरेका हौ । त्यति मात्र होइन जुत्ता–चप्पल उत्पादन, बजारीकरण, प्रर्वधनका अनेकन समस्याका बीच नेपाली जुत्ता उत्पादक व्यवसायीले स्वदेशी उत्पादनबारे नेपाली र अन्तरराष्ट्रिय विक्रेता र उपभोक्तालाई जानकारी दिने उद्देश्यले यो प्रदर्शनी गरिएको हो । जुत्ता–चप्पल उद्योगका समस्याहरुबारे श्रेष्ठ थप प्रष्ट पार्दै भन्नुहुन्छ – स्वदेशी उद्योगले प्रयोग गर्ने कच्चा पदार्थमा भने पुरै भन्सार लाग्ने गरेको छ । भारतीय नाकाबाट निर्वाद रुपमा ठूलो परिणाममा हुने चोरी पैठारीका कारणले अभैm पनि हाम्रो बजारमा विदेशी जुत्ता–चप्पलले बाहुल्यता रहेको छ । यसो हुनुको पछाडि हाम्रा उद्योगहरुले प्रयोग गर्ने कच्चापद्धार्थको भन्सार दर बढी हुनु र विदेशी तयारी जुत्ता–चप्पलको भन्सार दर कम हुनु हो । चोरी पैठारी गरेको जुत्ता–चप्पलहरु खुद्रा व्यापारीले सजिलै बेच्छन् । बजार अनुगमन छैन । सीमा नाकामा सुरक्षार्की छैनन् । सानाव्यवसायीहरु करको दायरामा छैनन् । उनीहरुलाई राज्यले करको दायरामा ल्याउन सकेको छैन । साना व्यवसायीलाई करको दायरामा ल्याउने हो भने चोरी पैठारीका बस्तुहरु उनीहरुले किन्न बेच्न सक्दैनन् । हामीले जुत्ता–चप्पलको लागि चाहिने कच्चापदार्थको उत्पादन स्वदेशमा गर्न थालेका छौ । सरकार उद्योगमैत्री बन्न सक्यो र बनाएका नीतिहरु मात्र कार्यान्वयन ग¥यो भने हामीलाई निकै सहज हुन्छ । सरकारले वातावरण बनाई दिनमात्र पुग्छ । हामी सरकारसँग धेरै कुराको अपेक्षा गर्दैनौं ।
सरकारी अफिसमा स्वदेशी वस्तु प्रयोग गर्ने नीति छ । तर कार्यान्वयन एकदमै कमजोर छ । यसलाई व्यवस्थित रुपमा कार्यान्वयन गर्न सक्यो भने मात्रै पनि नेपाली जुत्ताको बजार विस्तार र महत्वमा वृद्धि स्वतःहुनेछ । यस तर्पm राज्यको विशेष ध्यान जानु आवश्यक छ ।
के.डि.सुज इण्डष्ट्रिज बूढानिलकण्ठ, काठमाडौं
प्रो.कालीदास गोतामे
अवैध रुपमा चोरी पैठारीबाट भित्रिने सामानले गर्दा प्रतिस्पर्धा क्षमता कमजोर भएको छ :
जुत्ता–चप्पल उद्योगका समस्याबारे गोतामे भन्नु हुन्छ – पछिल्लो समयको प्रतिकुल अवस्थाका कारण उद्योगी व्यवसायीहरु अप्ठ्यारो अवस्थामा छन् । जुत्ता–चप्पल उद्योगमा मूलत २÷३ वटा समस्या रहेका छन् । राज्यको भन्सार नीति ठिक छैन । जुत्ता–चप्पलको कच्चापद्धार्थमा लाग्ने भन्सार दर÷मूल्यांकन बढी छ । जसले गर्दा विदेशी बस्तुसँग हामी प्रतिस्पर्धा गर्न सक्दैनांै । विदेशबाट ल्याइने तयारी जुत्ता–चप्पलको भन्सार पनि कच्चापदार्थकै हाराहारीमा छ । जसले गर्दाहामीलाई अन्याय परेको छ । हामी विदेशी कालीगढको निर्भिरतामा छौं । स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने दिशामा हामी एकदमै कमजोर छौं । सरकारले पनि वेवास्ता गरेको छ । बढ्दो व्याजदर र तरलता अभावले पनि हामी उद्योगीहरुलाई थप समस्या पारेको छ । उद्योग व्यवसाय चलाउन हामीले तिर्ने भाडामा पनि एकदमै वृद्धि छ । कारोवारको २०% मुस्किलले लोन दिने गरेको छ जसले हामीलाई एक छेउ पनि पुग्दैन। कच्चापदार्थमा भन्सार दर कमहुने हो भने हामीजुत्तामा सजिलै प्रतिस्पर्धा गर्न सक्छौ । सरकारले अवैद्य रुपमा चोरी पैठारीबाट भित्रने विदेशी उत्पादनले पनि व्यवसायीलाई समस्या पारेको छ । सरकार लोकप्रियवादको पछि नलागेर राजस्व चुहावट तथा नियन्त्रण, सीमा क्षेत्रको अवैद्य व्यापार निस्तेज र भ्रष्टाचारमा शून्य सहनशीलता ठोस कदम चाल्नु पर्छ ।जुत्ता उत्पादनको संयोजकत्वमा भएको १६ औं अन्तराष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी हिजो गरिएका कर्मकाण्डी प्रदर्शनीभन्दा विलकुलै फरक रहन गयो । कार्यक्रममा राष्ट्रपति समेतको आगमनले निकै राम्रो हुन पुग्यो । अवका दिन ‘नेपालको धन स्वदेशी उत्पादन’ भन्ने कुरालाई मनन् गरिएन भने नेपालको अर्थतन्त्र अत्यन्त कमजोर हुनगई परनिर्भरता अझ बढ्ने छ । दुई छाक खान र लगाउनको लागि हाम्रा युवाहरु विदेशमा जानुपर्ने बाध्यता हुन्छ ।
क्लासिक फुटवेयर्स प्रा.लि.
टोखा, काठमाडौं
प्रा. पुरुषोत्तम भण्डारी
बैंकको व्याजदर तथा तरलता अभावले समस्या छ :
नेपाली जुत्ताबजार अहिले संकटग्रस्त छ । चोरी पैठारीबाट अवैद्य रुपमा भित्रिएका सामानले गर्दा हाम्रा सामानहरु विक्री गर्न सकिरहेका छैनौं । प्रतिस्पर्धी क्षमता हुँदाहुदै पनि हाम्रा उत्पादनले बजार लिन सकेको छैनौ । हाम्रो लगानीको कुने ग्यारेन्टी छैन । लगानी अनुसारको प्रतिफल पाउन अत्यन्तै गाह्रो छ । जुत्ता उत्पादक संघले चोरी निकासी, अवैध रुपमा भित्रिएका सामानलाई रोक्न सरकार तथा सम्बन्धित पक्षमा जाहेर गर्दा कुनै सहयोग तथा पहल कदमी हुन सकेको छैन । हामीले ल्याउने कच्चा पदार्थमा भन्सार वृद्धि उच्च छ । तयारी सामान ल्याए बरावरको भन्सार चार्ज लिइएको छ । ६० प्रतिशतभन्दा बढी कच्चा पदार्थ विदेशबाट आयात गरी उद्योग चलाउनु पर्ने अवस्थाबाट उद्योगहर ग्रसित छन् । महंगो भन्सार तिरेर भित्र्याइने कच्चाको उपयोगबाट निर्मित उत्पादनहरुले विदेशबाट आयात भएका उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिनाई भोगिरहेको अवस्था छ । बैंकिङ तरलता तथा बढ्दो व्याजदर अर्को ठूलो समस्याको रुपमा खडा भएको छ । नेपाली ब्राण्ड बेच्न सकेका छैनौं । टे«डमार्क लीन हामीलाई ३÷४ वर्ष कुर्नु पर्ने अवस्था छ । नेपाली कालीगढको पनि समस्या छ । उनीहरुमा लगनशीलताको अभाव छ । नेपाली उपभोक्ताको मनोवृत्त स्वदेशी सामानमा नकारात्मक भावना छ । विदेशी सामानमात्र राम्रा हुन्छन् भन्ने मनोविज्ञान उच्च छ । बजारको टे«ण्ड अत्यन्त विग्रेको छ । उधारोमा बेच्नु पर्ने अवस्था छ । कतिपय अवस्थामा सावा नै गुम्ने अवस्था छ । सरकारको औद्योगिक नीति कागजमा सिमीत छ । सरकारले धेरै संभावना बोकेको फुटवेयर उत्पादन क्षेत्रलाई राज्यले संरक्षण गर्न सके जुत्ता–चप्पलको उत्पादनसँग जोडिएको क्षेत्र मात्र होइन योसँग जोडिएका कच्चापदार्थको क्षेत्रलाई समेत फड्को मार्ने देखिन्छ ।
होमनाथ उपाध्याय
पूर्व अध्यक्ष फुटवेयर म्यानुफ्याक्चर्स एशोसियशनअफ नेपाल
उद्योगको नाम: बेस फुटवेयर डियरहिल प्रा.लि.
अवैध आयात तथा न्यून विजिकिरण कायम गरेर भित्रिने उत्पादनले स्वदेशी उत्पादनलाई मार
फुटवेयर बजारको अवस्थाको बारेमा उपाध्याय भन्नुहुन्छ – अवैद्य रुपमा भित्रिएका चोरी पैठारीबाट आएका जुत्ता–चप्पलले हामीलाई मुख्य समस्या पारेको छ । भन्सार छलेर कुनै कर नतिरी आएका सामानहरु विक्रेताले कम मूल्यमा बेचेपछि हाम्रा उत्पादनहरु बेच्न गाह्रो भएको छ । सरकारको मौद्रिक नीतिले पनि अहिले समस्या पारेको छ । सीमा क्षेत्रमा भएको अवैध कारोवार रोक्न हामीले गृह मन्त्रालय, भन्सार विभाग तथा आन्तरिक राजस्व कार्यालय सवैमा हाम्रा समस्या राख्यौ तर उनीहरुले त्यो समस्या हल गर्न सकेका छनन् । सरकारले पनि त्यो नियन्त्रण गर्न नसकेको हो । कोरोनाको समयमा सीमा नाकामा सुरक्षा निकाय कोराना नियन्त्रणमा खटेका थियो । त्यसबेला अवैध पैठारी रोकिएको थियो । त्यसबेला कुनै चलखेल थिएन । हामीसँग निर्यात गर्ने क्षमता हुँदाहुदै पनि विभिन्न कारणले विदेशी बस्तुसँग प्रतिस्पर्धा गर्न सकेका छैन । कच्चापदार्थको आयातमा भन्सार दर उच्च हुनु, बैंकिङ तरलता तथा बढ्दो व्याजदर, दक्ष जनशक्तिको अभाव विदेशी कालीगढसँगको परनिर्भरता आदि विभिन्न कारणले हामीलाई समस्या पारेको छ । राज्यले यो क्षेत्रलाई प्राथमिकता दिन सकेको छैन । एउटा भियतनामको उदाहरण हेरौं यहाँ १०+२ गरेपछि जुत्ता–चप्पल बनाउने तालिम दिइन्छ । हरेक विद्यार्थी जुत्ता–चप्पल बनाउने कुरामा दक्ष हुन्छन् । आफ्नो समय मिलाएर उनीहरुले काम गर्छन् । त्यो देशमा कुलग्राहस्थ उत्पादन १५ मा जुत्ता–चप्पलको क्षेत्रको १५ प्रतिशत योगदान पु¥याएको छ । हाम्रो देशको सरकारले त्यहाँबाट सिक्न जरुरी छ । यो क्षेत्रलाई सवल बनाउन वैदेशिक लगानी भित्र्याउनु पर्छ । प्रतिस्पर्धी क्षमता बढाई हाम्रा बस्तुहरु विश्व बजारमा पु¥याई विदेशी मुद्रा आर्जन गर्न सक्नुपर्छ । अहिलेको औद्योगिक नीति परिमार्जन गर्नुपर्छ । अहिले भइराखेको १६ औं अन्तराष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी पहिलाकोभन्दा फरक छ । पहिलेका प्रदर्शन उपभोक्ता लक्षित थियो भने अहिलेको जुत्ता–चप्पल व्यवसायी, थोक तथा खुद्रा विक्रेता लक्षित छ । अहिलेको प्रदर्शनीमा ४० वटा स्टलहरु बाहिर छन् । मसिन, टेकनोलोजी,प्रविधि, कच्चापदार्थको उद्योगसँग सम्बन्धित स्टलहरु छन् । जसले गर्दा हामीलाई समेत धेरै कुराको ज्ञान हुनगएको छ ।
फेमस फुटवेयर, बौद्ध काठमाडौं
झविलाल पौडेल
कच्चा पदार्थमा लगाइएको भन्सार दरले समस्या पारेको :
कोभिडपछि यो बजार उठ्न नसकी थला परेको छ । विश्वव्यापी रुपमा रहेको आर्थिक मन्दीले पनि हामीलाई समस्या परेको छ । त्यो भन्दा पनि अवैध रुपमा भित्रिएका चोरी पैठारीले पनि हामीलाई समस्या पारेको छ । हाम्रा उद्योगहरुलाई चाहिने कच्चापदार्थ भारत र चीनसँग निर्भर रहनु परेको छ । कच्चा पदार्थमा लगाइएको भन्सार दर निकै छ । जसले गर्दा हामीलाई विदेशी सामानसँग प्रतिस्पर्धा गर्न सकिएको छैन । दक्ष नेपाली कालीगढको पनि समस्या छ । नेपाली युवाहरु खाडी मुलुकगएर ३०÷४० हजार कमाउदा खुसी हुन्छन् । तर स्वदेशमै बसेर जुत्ता–चप्पलको काम गरेर ३०÷४० हजार कमाउदा दुःखी हुन्छन् । यो मैले बुझ्न सकिरहेको छुईन । अशिक्षाको कारणले यसो भएको हुन सक्छ । नेपाली युवाहरुलाई सिटीभिटीको तालिम दिएर दक्ष बनाई स्वदेशमै रोजगारीको सिर्जना गर्नसके अत्यन्तै राम्रो हुन्छ । यसले सवल अर्थतन्त्र बन्ने दिशामा सघाउ पुग्ने छ । नेपाली उत्पादनको नक्कल गरिनु, कच्चापदार्थ आयातमा बैंकिङ प्रणालीको विकास हुन नसक्नु सहुलियत व्याजदरमा ऋण नपाउनु, बैंकहरु उद्योग मैत्री नहुनु जस्ता समस्याले हामी स्वदेशी उद्योगहरु ग्रसित छौं । भन्सार विन्दुबाट छुटाइने कच्चापदार्थ महंगो मूल्य तिर्नु पर्दा नेपाली उद्योगहरु मारमा पर्र्दै आएका छन् भने अर्कोतर्पm अवैध रुपमा न्यून विजिकीकरण गरेर भित्रिने उत्पादनले हाम्रा उत्पादनलाई मारमा पारेको छ । तसर्थ सवै अंगले चासो दिई अवैध आयात नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आवश्यक छ ।
एपेक्स सुज इष्डष्ट्रिज, न्यूरोड काठमाडौं
प्रोपाइटर : विष्णुप्रसाद पौडेल, रमेश पौडेल
अवैधरुपमा चोरी पैठारीबाट भित्रिने विदेशी उत्पादनले समस्या बनाएको छ :
नेपाली जुत्ता(चप्पलमा भएका समस्याबारे पौडेल भन्छन्( नेपाली जुत्ता(चप्पलको माग बढ्दो छ । तर, अवैधरुपमा चोरी पैठारीबाट भित्रिने विदेशी उत्पादनले तथा न्यून विजकीकरणमा छुटाइने सामानले हामीलाई प्रतिस्पर्धा गर्न गाह्रो भएको छ । गाह्रो मात्र होइन कतिपय उद्योगीहरु पलायन हुनुपर्ने स्थिति पैदा भएको छ ।
स्वदेशमा पूर्ण रुपमा कच्चा पदार्थको प्राप्ति नहुनु अर्को समस्या हो । झण्डै ७० प्रतिशत कच्चा पदार्थमा परनिर्भर हुनुपरेको छ । त्यस्तो कच्चा पदार्थमा भन्सार दर उच्च छ । जनशक्ति अभाव नेपाली जुत्ताले झेल्दै आएको सबैभन्दा ठूलो समस्या हो । बैंकिङ तरलता र बढ्दो ब्याजदरले पनि हामी उद्योगीहरुलाई समस्या पारेको छ । लगानीअनुसारको प्रतिफल पाउन सकिएको छैन । यो क्षेत्रलाई सबल बनाउन खुला सिमाना नियन्त्रण गर्नुपर्छ । बैंकको ब्याजदर उद्योगीहरुलाई अरुकोभन्दा फरक अर्थात कमदर हुनुपर्छ । कच्चा पदार्थमा लगाइने भन्सार दर न्यून हुनुपर्छ । यी सबै भएको खण्डमा हामी विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न सक्छौं । अहिलेको अवस्थामा आयात प्रतिस्थापन गर्न सकियो भने राज्यको व्यापारघाटामा पनि सुधार आउन सक्छ । सरकारले समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरेको छ । तर, त्यो व्यवहारिक रुपमा अगाडि बढेको छैन ।
अर्थतन्त्रको चरित्र अहिले उत्पादनमुखी र निर्यातमुखी नभएर आयातमुखी र रेमिट्यान्समुखी भएको छ । सरकारले तीनखम्बे अर्थनीति लिएको छ ( सरकारी, निजी र सहकारी । निजी क्षेत्रले अर्थतन्त्रको राजस्वमा ७० प्रतिशत हिस्सा ओगटेको छ । तर, राज्य निजी क्षेत्रमैत्री छैन । राज्य उद्योगमैत्री छैन । जसले गर्दा उद्यमी व्यवसायीहरु समस्यामा परेका छन् ।
टिपिकल फुटवेयर प्रा. लि., थानकोट, काठमाडौं
प्रो. रामकृष्ण श्रेष्ठ
दक्षिणी खुला सिमाबाट हुने चोरी पैठारी प्रमुख समस्या
नेपाली जुत्ता(चप्पल उत्पादन तथा बजारको समस्याबारे श्रेष्ठ भन्छन् ( यो बजारमा मुख्य गरेर तीन चारवटा समस्याहरु रहेका छन् । पहिलो समस्या अवैध रुपमा चोरी पैठारीबाट भित्रिने विदेशी उत्पादन हो । यस्ता उत्पादनहरु भन्सार छलेर आउँदा हाम्रो उत्पादनभन्दा सस्तो पर्ने हुँदा हामी प्रतिस्पर्धा गर्न सक्दैनौं । दक्षिणी खुला सिमाको कारण यो समस्या निराकरण गर्न निकै अप्ठ्यारो परेको छ । हाम्रो जुत्ता उत्पाक संघले गृह मन्त्रालय तथा अन्य सम्बन्धित निकायमा यो समस्याप्रति पटक पटक पहल गरेपनि हामीले आश्वासन मात्र पाएका छौं । दोस्रो समस्या नेपाली दक्ष कालिगढको अभाव छ । जसले गर्दा विदेशी कालीगढसँग परनिर्भर हुनुपरेको छ । विदेशी लालिगढलाई टिकाउन अलिक बढी पारिश्रमिक दिनुपर्ने बाध्यता छ । जसले गर्दा हामीलाई प्रतिस्पर्धी मूल्य राख्न गाह्रो छ । तेस्रो समस्या हाम्रो उद्योगलाई चाहिने कच्चा पदार्थमा हामी आत्मनिर्भर छौं( कच्चा पदार्थमा । बाह्य देशबाट कच्चा पदार्थ ल्याउँदा भन्सार दरमसमेत उच्च छ । चौथो समस्या वित्तीय समस्या हो । बैंकिङ तरलता र बढ्दो ब्याजदरले समेत हामीलाई समस्या परेको छ । वस्तु उत्पादन लागत बढ्दा माग कम भएको छ । यस्तो अवस्थामा हाम्रा सामानहरु थन्किएर बस्ने गरेका छन् । कतिपय अवस्थामा लागत मूल्यभन्दा पनि कममा बेच्नुपर्ने अवस्था आउने गरेको छ ।
