नारायण श्रेष्ठ टोखा नगरपालिकाका एक स्थानिय समाजसेवी, उद्यमी तथा राजनीतिमा समेत चासो राख्ने व्यक्ति हुन् । उहाँले समाजसेवाको क्षेत्रमा महत्वर्पूण योगदान गर्नु भएको छ । ग्राण्डी अस्पताल निमार्ण गर्न उहाँले सर्वसुलभ दरमा जग्गा समेत उपलब्ध गराउनु भएको हो । श्रेष्ठले बौद्धका भिक्षुहरुलाई १८ आना जग्गा दान गर्नु भएको थियो । उहाँ गरिब दुःखीहरु प्रति पनि अनेक सहयोग गरिरहनु भएको छ । उनै श्रेष्ठसँगदेशको राजनीतिक तथा सामाजिक विषयमा टपटेन खबरका प्रधान सम्पादक नन्दलाल खरेल सँग गरिएको कुराकानीको सम्पादित अंश :

१. मुलुकको राजनीतिलाई कसरी हेरिहनु भएको छ ?
मुलुक अहिले गन्तव्यहिन दिशा तर्फ अघि वढेको छ । मुलुकमा लोकतन्त्र भन्दा लुटतन्त्र छ । लेकतान्त्रिक शासन व्यवस्थामा जनताले सुख शान्ति र समृद्धिको आशा राखेका थिए । तर त्यसको विपरित भएको छ । सरकार सञ्चालन र पार्टी नेतृत्वमा रहने मुख्य व्यक्तिको अदुरदर्शिता, अकर्मण्यता र फासीवादी चरित्रले अहिलेको अवस्था सृजना भएको हो । जापान भुकम्पले पिडित छ, बंगलादेश
वाढीले पिडित छ तर नेपालका जनताहरु नेताहरुबाट पिडित छन् । सबै दलहरुले जनतालाई पिडा दिने काम मात्र गरेका छन् । अझ गरिब तथा मजदुरहरुको हित गर्ने भन्दै नक्कली कम्युनिष्टहरुले जनतालाई भ्रम छरी लुट्ने तथा राज्यको ढुकुटी दोहन गर्ने काममा अगाडि छन् ।
२. पञ्चायती शासन व्यवस्था र अहिलेको लोकतान्त्रिक शासन व्यवस्थामा के फरक पाउनु हुन्छ ?
लोकतान्त्रिक शासन व्यवस्थामा भन्दा पञ्चायती शासन व्यवस्थामा राज्य वलियो थियो । जनताहरु अनुशासित थिए । राष्ट्रियता वलियो थियो । धर्म, सस्कृति र परम्पराको जगेर्ना भएको थियो । महेन्द्र सरकारको पालामा राजमार्गको विकास, देशमा उद्योग कलकारखाना विकास तथा भूमि सुधारको समेत काम भएको थियो । तर अहिलेका नेताहरुले भएका उद्योगहरु वेचेर सिद्धाएका छन् । शिक्षा र स्वास्थ्य महंगो भएको छ । जनतालाई जिवन यापन गर्न अत्यन्त सकस भएको छ । लोकतान्त्रमा वाक स्वतन्त्रता मात्र भयो । तर जनताले दुःख पाउने काम मात्र भएको छ । हिजो फाटेका चप्पल लगाउनेहरुको आज महल र गाडी भएको छ । धनी र गरिब विचको खाडल वढ्दो रुपमा छ । तसर्थ यो लोकतान्त्रिक शासन व्यवस्थाका अन्त्य गरी पहिलेका अवस्थामा फर्कनु जरुरी छ ।
३. संघीयता सम्वन्धि यहाँको धारणा के छ ? वताई दिनुहोस्न् ।
संधीयता मुलुकको समृद्धिको वाधक हो । हाम्रो जस्ता सानो देशमा संघीयताको कति पनि काम छैन । हाम्रो सानो आकारको अर्थतन्त्रले संघीयता धान्नै सक्दैन । संघीयताले नेताहरुलाई मात्र पाल्ने काम गरेको छ । देशमा तिन तहको सरकारको कामै छैन । अझ प्रदेश सरकारको त कुनै औचित्य नै छैन ।
४. मुलुकमा अहिले भ्रष्टाचार वढीरहेको छ । यसलाई नियन्त्रण गर्न कस्ता कदम चाल्नु पर्छ ?
भ्रष्टाचार रोक्न सर्वप्रथम कडा कानून चाहिन्छ । भ्रष्टाचार गर्ने व्यक्तिलाई जेलमा सम्मान गरेर राख्ने होइन २ वर्ष सेनामा खटाउनु पर्छ र अनि ३ वर्ष जती सडक तथा अन्य नियोगको काममा खटाउनु पर्छ । यस्तो गर्ने हो भने सकैले पनि भ्रष्टाचार गर्दैन। धनी र गरिब सबैलाई एउटै सजाय हुनु पर्दछ । कसैलाई पनि धरौटीमा छोड्नु हुँदैन ।
५. यहाँको नेपाली कांग्रेसका नेताहरु सँग राम्रो सम्बन्ध छ, अबको महाधिवेशनमा कसले नेतृत्व गरेमा पार्टी
राम्रो हुन्छ ? बताइदिनुहोसन ।
नेपाली काग्रेसले वीपीको विचार, सपना तथा साखलाई भजाउने काम मात्र गरेका छन् । नेपाली काग्रेस कम्युनिष्टहरुको पुच्छर समाएर अघि वढेको छ । विपी, गणेशमान तथा कृष्ण प्र. भट्टराई त्यागी नेताहरु हुन् । अरु नेतामा कुनै राम्रो दृष्टिकोण छैन । नेपाली काग्रेसलालाई बढी विगार्ने काम गिरिजा प्रसाद कोइरालाले गर्नु भयो । उहाँ पद तथा पैसाको लोभमा पर्नु भयो । अबको काग्रेसको महाधिवेशनमा वीपी पुत्र सशांक कोइरालाले नेतृत्व लिन सक्नु भयो भने पार्टी राम्रो वन्ला तर त्यस्तो भएन भने काग्रेस अरु तथालिङ्ग हुनेछ ।
६. मुलुकलाई समृद्ध बनाउन के कुरामा जोड दिनु पर्दछ ?
मुलुकलाई समृद्ध बनाउन कृषिमा जोड दिनु पर्दछ । कृषिलाई व्यवसायिककारण गर्दै कृषि क्षेत्रमा छुट्याएको रकम सम्बन्धित ठाउँमा खर्च गर्नु पर्छ । कृषि जन्य उद्योगमा जोड दिनु पर्छ । साथसाथै जलविद्युतको अपाc सम्भावना छ । यतापट्टी पनि राज्यले ध्यान दिनु अपरिहार्य छ । तर सरकार संघीयता लाई वचाउन हरेक कुरामा नागरिकलाई करमाथि कर थोपर्ने गरेको छ ।
७. यो टोखा नगरपालिका कस्तो नगर हो ? बताइदिनुहोस्न् ।
यो टोखा ऐतिहासिक नगर हो । धार्मिक, सास्कृतिक, रितिरिवाज र परम्परा यहाँका नगरवासीले अहिले सम्म धानिरहेका छन् । यहाँ विभिन्न मौलिक तथा कुमारी देवता पनि छिन् । पछिल्लो समयमा यो नगरको भौतिक पूर्वाधारको विकास वढेर गएको छ । संगसंगै हिजो जस्तो स्वच्छ, हराभरा र मनमोहक प्राकृतिक वातावरण छैन । क्रमश: ह्रास हुँदै गएको छ ।
८. अन्त्यमा केहि भन्न चाहानु हुन्छ ?
यहाँहरुको मिडिया मार्फत आफ्ना विचार राख्न दिनु भएकोमा यहाँलाई तथा सम्पूर्ण टपटेन खबर टिमलाई धन्यवाद तथा यहाँहरुको मिडियाको उत्तर उत्तर प्रगतिको कामना गर्दछु ।

