काठमाडौं: सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले आइतबार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।
श्रेष्ठ ललितपुरको हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलका संस्थापक अध्यक्ष हुन् ।
असार २९ गते ५ सदस्यीय मन्त्रिमण्ड विस्तार गर्नुभएका देउवाले आइतबार थप एक जनालाई स्वास्थ्य राज्य मन्त्रीमा नियुक्त गर्दै ६ सदस्यीय मन्त्रिमण्डल विस्तार गर्नुभएको छ ।


