काठमाडाैँ पुस १९ मुलुकको सुनचाँदी व्यवसायमा ठूलो संभावना हुँदा हुँदै पनि राज्यको सोच त्यसलाई प्रवद्र्धन गर्ने तर्फ केन्द्रित हुन सकेको छैन । नेपाली गरगहना क्षेत्र अहिले विभिन्न समस्याहरुको विचबाट गुज्रिरहेको छ ।
सुनको आयात कोटा घटाउँदा सुनचाँदी व्यवसाय झन् संकटमा परेका छन् । गुणस्तरिय कच्चा पदार्थको अपर्याप्तता, कानूनी अस्पष्टता, शान्तिसुरक्षाको कमी, दक्ष नेपाली कालीगढको अभाव, बेला बेलामा हुने वैंकिक तरलता र बढ्दो व्याजदर यस क्षेत्रका प्रमुख समस्याहरु हुन्।
सुनचाँदी क्षेत्र मुलुकको संस्कृति र मौलिकताको जीवन्त धरोहर हो । अर्थतन्त्रमा यो व्यवसायको महत्वपूर्ण
योगदान रहँदै आएको छ । देशभरमा करिव २५००० को संख्यामा सुनचाँदी व्यवसायी छन् । लाखौंको संख्यामा यसले रोजगारी सिर्जना गरेको छ भने दशौं लाखको संख्यामा यो व्यवसायमा आश्रीत परिवार रहेका छन् । यो एउटा सामान्य व्यवसाय मात्रै नरहेर ठूलो उद्योगको रुपमा रहेको छ ।
तर सरकारले यो व्यवसायलाई ठूलो उद्योगको रुपमा हेरेको छैन । अहिलेसम्म सरकारले सुनचाँदी बजारलाई व्यवस्थित गर्न ऐन, नियम तथा निर्देशिका जारी गर्न सकेको छैन । यद्यपि सरकार र सुनचाँदी व्यवसायी महासंघहरुले पटकपटक वार्ता गरिसकेकोअवस्था छ ।
महासंघले सरकारबाट आवश्वासन बाहेक केही पाउन सकेको छैन ।
मुलुकको अर्थतन्त्र संकटतर्फ जान रोक्ने बहानामा सरकारले सुनको दैनिक कोटा सीमा कटौती गरेको छ । हिजो २५ केजी सुन
दैनिक रुपमा आयात हुँदै थियो भने अहिले त्यो सीमा १० केजीमा झरेको छ । जसको कारण व्यवासय संकटग्रस्त हुँदै गएको छ भने सुनमा काला बजारी धन्दा बढ्दो रुपमा छ । जसको कारण सरकारले राजस्वसमेत गुमाएको अवस्था छ भने व्यवसायीहरु मर्कामा परेका छन् । यिनै विषयमा हाम्रो मिडियाका प्रतिनिधिहरुले काभ्रे, बनेपा–पनौती व्यवसायीहरुसँग अन्तर संवाद गरेके थियो । यिनै संवादका सम्पादित अंशहरु हामीले बहसका रुपमा ल्याएका छौं ।
आरती सुनचाँदी पसल
बनेपा, काभ्रे
सञ्चालकको नाम : सचिन शाक्य
परम्परागत सोच र कार्यशैलिले मात्र यो क्षेत्रको भविष्य सुनिश्चित हुन सक्दैन
सुनचाँदी बजारको बारेमा शाक्य भन्नुहुन्छ – ‘सुनको माग भएको बेला सुनको कच्चा पदार्थ पर्याप्त मात्रामा पाइँदैन भने माग नभएको बेलामा मात्र किन्न पाइन्छ जसले गर्दा हामी व्यवसायीलाई मर्का परेको छ । सुनको भाउ बढेको बेला सुनका ग्राहकहरु आफूसँग भएको सुन बेच्न मात्र आउँछन् त्यसले हामीलाई समस्या पारेको छ । बैंकको बढ्दो व्याजदरले पनि सुन व्यवासायीलाई समस्या पारेको छ। सुन व्यवसायीका समस्याहरु महासंघ मार्फत् सरकारसँग वार्ता गरेर हल गर्नुपर्छ । सरकारसँग वार्ता गरेर हल भएनभने संघर्षका कार्यक्रमहरु समेत गर्नु पर्दछ ।’ परम्परागत सोच र कार्यशैलिले मात्र यो क्षेत्रको भविष्य सुनिश्चित हुन सक्दैन । यसमा समय सापेक्ष दृष्टिकोण आवश्यक छ
जुजु सुनचाँदी पसल
पनौती, काभ्रे
संचालकको नाम – सुरेन्द्र ताम्राकार
सरकारले छुट्याएको १० केजीको सीमाले व्यवसायलाई कच्चा सुन पुग्दैन
सुरेन्द्र ताम्राकार भन्नुहुन्छ – ‘सुनबजार अहिले संकटमा छ । बढ्दो मूल्यवृद्धिका कारण ग्राहक अत्यन्त कम आउन थालेका छन् । प्रयाप्त मात्रामा कच्चा सुनसमेत पाउन सकिएको छैन । सुन बजारलाई ३५ देखि ४० केजी सुन आवश्यक पर्छ । सरकारले छुट्याएको १० केजीको सीमाले व्यवसायलाई कच्चा सुन पुग्दैन ।
सरकारले व्यवसाय दर्ता गरेर चलाउन दिएपछि आवश्यक कच्चा सुन दिने दायित्व उसको हो। सरकार सुन व्यवसायी मैत्री छैन ।’ राज्यले कच्चा पदार्थको आयातमा नियन्त्रणमुखी अवलम्बन गरेको छ । यसले गर्दा अवैध पैठारी दुरुस्साहित भएको र राष्ट्रले अनाहकमा राजश्व गुमाइरहेको अवस्था छ ।
दानमाया शाक्य ज्वेलर्स
बनेपा, काभ्रे
सञ्चालकः नरञ्जन शाक्य
कच्चा सुनको अभावले कहिले काही अडर नै रद्द गर्नुपर्ने अवस्था आउँछ
नरञ्जन शाक्य भन्नुहुन्छ – ‘सुनचाँदी व्यवसायी दोहोरो मारमा छन् । सनुको मूल्य बढ्दो ग्राहक न्यून रुपमा आउने र सुनको मूल्य अलिक कम हुँदा कच्चा सुन नपाउने अवस्था छ । कच्चा सुनको अभावले कहिले काही अडर नै रद्द गर्नुपर्ने अवस्था आउछ । हिजो वैदेशिक रोजगारमा जाने व्यक्ति फर्कदा केही सुन लिएर आउन पाउँथे । अहिले त्यसलाईसमेत संकुचन गरेको छ । १० केजीको सुन आयात सीमालाई सरकारले हटाई त्यो सीमालाई बढाउनु पर्छ । त्यसको लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारसँग बार्ता गरी महत्वपूर्ण भूमिका खेल्नु पर्छ । आवश्यक परे सुन व्यवसायीहरु संघर्षमा समेत जानु पर्दछ । बहुमूल्य गरगहनाको निर्यात प्रवद्र्धनको लागि राज्य र महासंघको सहकार्यमा कार्य योजना सहितको प्याकेज कार्यक्रम लागु हुनु पर्दछ । उपभोक्ता समक्ष गुणस्तरीय
सेवाको प्रत्याभुति दिलाउनु र दुर्लभ विदेशी मुद्रा खर्चेर आयात भएको सुनबाट जति सक्दो बढी मूल्य अभिवृद्धि गरी राष्ट्रिय अर्थतन्त्रका टेवा पुयाउनु हाम्रो दायित्व हो ।’
विवेक ज्वेलरी सुनचाँदी पसल
पनौती, काभ्रे
विवेक रत्न शाक्य
काम हुन्छ सुन हुँदैन, सुन हुन्छ काम हुँदैन
विवेश रत्न शाक्य भन्नुहुन्छ – ‘सुन बजार अहिले असहज अवस्थाबाट गुज्रिरहेको छ । काम हुन्छ सुन हुँदैन, सुन हुन्छ काम हुँदैनको अवस्था छ । ग्राहकहरुलाई हामीले क्यूमा राखेर पनि गरगहना बनाइ रहेका छौं । सुन व्यवसायीहरु अधिकांश बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएर सञ्चालन गरिराखेको हुन्छ । अहिलेको बढ्दो व्याजदर र तरलताको अवस्थाले समेत व्यवसायीलाई अफ्ठ्यारो पारेको छ । यो हाम्रो परम्परागत व्यवसायलाई जगेर्नाका लागि सुनमा लगानी भएको विदेशी पूँजीलाई नियमन गर्दैै नयाँ पुस्तालाई आकर्षण गर्ने विशेष योजना बनाउनु पर्छ ।यो क्षेत्रमा समय सापेक्ष दृष्टिकोण आवश्यक छ । आधुनिक गहना उत्पादन गर्न सरकारले नेपालमै दक्ष कमदार उत्पादन गर्न विशेष तालिमको व्यवस्था गर्नु पर्दछ ।’
शंकर ज्वेलर्स
काभ्रे, बनेपा
सञ्चालकको नाम: शंखराज शाक्य
कोटाको सुन पाउन १ महिना पर्खनु पर्छ
शंखराज शाक्य भन्छन्–, ‘यो व्यवसायको अवस्था एकदमै दयनीय छ । समयमा कच्चा सुन पाउन सकिएको छैन । कोटाको सुन पाउन लामो समय कुर्नुपर्ने अवस्था छ । कच्चा सुन पाउन आफूले चाहेको परिमाणमा पाउन सकिएको छैन । जसको कारणले व्यवसाय चलाउन गाह्रो छ । बढ्दो बैंकको व्याजदरले पनि हामी सुनचाँदी व्यवसायलाई अत्यन्त अप्ठ्यारो छ । काभ्रे– बनेपा सुनचाँदी व्यवासायी संघले
नेपाल सुनचाँदी व्यवसायी महासंघमार्फत सरकारसँग व्यवसायीका समस्याहरु राखेता पनि सरकारले कुनै सुनवाई गरे जस्तो लाग्दैन ।सुनचाँदी व्यवसाय जिवन निवाहको परम्परागत पेसा मात्रै नभई यसलाई राष्ट्रिय उद्योगको रुपमा विकास गर्न जरुरी छ । यसलाई आधुनिक व्यवसायको रुपमा आकर्षण गर्ने योजनाहरु निर्माण गर्न अपरिहार्य छ ।
बि.के. ज्वेलर्स
बनेपा, काभ्रे
प्रो.विक्रम ताम्राकार
प्रयाप्त कच्चा सुन उपलब्ध गराउने दायित्व राज्यको हो
सुनचाँदी वजारको अवस्थाको बारेमा ताम्राकार भन्छन्,- ‘सुनको भाउ आकासियको वेला तथा अफ सिजनमा सुन पाइन्छ तर सुनको भाउ कम भएको वेला तथा व्यापारको सिजनमा सुन पाइदैन । कच्चासुनको आपूर्ती ठूलो समस्या छ । हामीले हप्तामा ३२ ग्राम मात्र सुन पाएका छौं । यसले हामीलाई पुगेको छैन । नपुगेको सुन ग्राहकहरुले विल सहित वेच्न ल्याएको सुनबाट रिफाइन गरेर काम गरिरहेका छौं । कतिपय विदेश जाने व्यक्तिहरुले ल्याएको सुनचाँदीबाट पनि आपूर्ति गरिरहेका छौं । राज्यलाई विभिन्न किसिमका कर तिरेर व्यवसाय गरेपछि प्रयाप्त कच्चा सुन उपलब्ध गराउने दायित्व राज्यको हो । यो व्यसायले अर्थतन्त्रमा टेवा पु¥याउने काम गरिरहेको छ ।
शिवराम सुनचाँदी पसल
बनेपा, काभ्रे
प्रो.राजु ताम्राकार
सरकार सुनचाँदीव्यवसायी मैत्री हुन सकेको छैन
ताम्राकार भन्छन्,- ‘यो महिना त्यति सिजन नभएकोले व्यापार अलिक मन्दी छ । यो व्यवसायमा कच्चा सुनको अभाव छ । सुनचाँदी व्यवसायमा नयाँ जेनेरेसन पुस्ताको आकर्षण छैन । परम्परागत पसलहरु कतिपय बन्द हुँदै गएको अवस्था छ । वजार भाउको तुरुन्ता तुरुन्तै घटबढ हुने भएकोले अलिक जोखिमयुक्त छ । थप लगानी गर्ने वातावरण छैन । सुरक्षाका दुष्टिले पनि अलिक समस्या छ । सरकार सुनचाँदी व्यवसायी मैत्री हुन सकेको छैन । सुनचाँदी व्यवसायीहरुको ऐन नीति निर्देशिका अहिले सम्म वन्न सकेको छैन् । तरलताका अभाव र बदढो व्याजदरका कारणले व्यवसायीहरुले व्यवसाय गर्न ऋण पाउन सकेका छैनन् ।जसले गर्दा व्यवसायीहरु अत्यन्त समस्यामा छन् ।
बि.के. ताम्राकार सुनचाँदी पसल
बनेपा,काभ्रे
प्रो. विनोद ताम्राकार
संघ मार्फत हप्तामा प्राप्त गरेको ३२ ग्रामले हामीलाई पुगिराखेको छैन
सुनचाँदी बजारको बारे ताम्राकार भन्छन्–, ‘संघ मार्फत हप्तामा प्राप्त गरेको ३२ ग्रामले हामीलाई पुगिराखेको छैन । आवश्यक कच्चा सुन सरकारले व्यवसायीहरुलाई उपलब्ध गराउनु पर्छ । १० केजी दैनिक आयात हुने कोटा सीमालाई खारेज गरी पूर्ववत अवस्थामा फर्काउनु पर्छ । नेपाली कालीगढहरुलाई तालिमको व्यवस्था गरी वंगाली कालीगढसँग भएको परनिर्भरता हटाउनु पर्छ । अहिले पनि हामी ८० प्रतिशत वंगाली कालीगढसँग भर पर्नु परेको छ । यो हाम्रो रहरभन्दा पनि वाध्यता हो । हाम्रा युवाहरुलाई विदेश जानबाट रोकी स्वदेशमै सीप सिकाई दक्ष जनशक्ति उत्पादन गर्नु पर्छ । यो व्यवसायलाई राष्ट्रिय रुपमा एकरुपता ल्याउन आवश्यक छ ।
शान्त सुनचाँदी पसल
बनेपा, काभ्रे
प्रो.ज्ञानेन्द्र ताम्राकार
स्पष्ट योजना बनाएर अघि बढ्नु पर्दछ
सुनचाँदी बजारको अवस्थाको बारेमा ताम्राकार भन्छन्– ‘सुनचाँदी बजार अहिले अत्यन्तै संकतग्रस्त छ । बजारको माग अनुसार कच्चा सुन पूर्ति हुन सकेको छैन । बैंक वित्तिय संस्थाहरुले व्यवसायीहरुलाई कर्जा प्रभाह गरिरहेका छैनन् । बढ्दो व्याजदरले पनि समस्या पारेको छ । सुनचाँदी व्यवसायीहरुको अहिले सम्म नीति निर्देशिका जारी हुनु सकेको छैनन् । जसको अभावले व्यवसायमा समय समयमा समस्या आउने गरेको छ । सुनचाँदी बजार क्षेत्रले लाखौलाई प्रत्यक्ष रोजगारी उलब्ध गराईरहेको सन्दर्भमा यस क्षेत्रको संरक्षण तथा संवद्र्धनका लागि सम्वन्धीत पक्षले स्पष्ट योजना बनाएर अघि बढ्नु पर्दछ । स्वदेशी दक्ष जनशक्त्ती उत्पादन गरी विदेशी कालिगढ मार्फत बाहिरीएको पूँजी पलायनलाई रोकी राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउनु पर्छ ।
श्री भिमसेन शरण ज्यास
खोपासी, काभ्रे
प्रो.पुष्पराज शाक्य
युवाहरुलाई गरगहना बनाउने तालिम दिएर विदेश पलायन हुनबाट रोक्नु पर्छ
सुनचाँदी बजारको अवस्थाको बारेमा शाक्य भन्छन्, ‘सुनको मूल्य अत्याधिक बढेकोले बजार अत्यन्तै मन्दीको अवस्थामा छ । प्रयाप्त कच्चा सुन पनि हामी व्यवसायीहरुले पाइरहेका छैनौ । सुनचाँदी व्यवसायीहरुले विभिन्न किसिमका करहरु तिरेका हुन्छन् । तर
राज्यले सुनचाँदी व्यवसायीलाई अन्याय गरेको छ । बैंकिक तरलता र बढ्दो व्याजदरले पनि समस्या परेको छ । युवा नेपालीहरुलाई गरगहना बनाउने तालिम दिएर विदेश पलायन हुनबाट रोक्नु पर्छ । गरगहना क्षेत्रमा नेपाली मौलिक कला शील्प लोप हुँदै गएको छ । कालीगढले श्रम र शिपको उचित मूल्य पाउन नसकेकोले युवा पुस्तामा शिप हस्तान्तरण हुन सकेको छैन ।
प्रताप ज्वेलर्स
भकुण्डे, काभ्रे
प्रो. प्रताप सिंह लामा
पूर्णरुपमा परनिर्भर हुनु पर्ने स्थिति आउन सक्छ
सुनचाँदी बजारको अवस्थाको बारेमा लामा भन्छन्, ‘ बजार मूल्य एकदमै अस्थिर भएको कारण हामीलाई व्यवसाय गर्न एकदमै अफ्ठ्यारो छ । दक्ष कालीगढको समस्या छ । नेपाली कालीगढलाई तालीम दिई दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ । बजारमा माग वढी भएको वेला सुनचाँदीको कच्चा पदार्थ पाइदैन । त्यस्तो वेला हामीले दोस्रो बजारबाट खरिद गर्दा सुनमा ३–४ हजार बढी हालेर समान ल्याउनु पर्छ । यो व्यवसाय गर्दा मनोवैज्ञानिक रुपमा असुरक्षित महसुस भएको छ । लगानीको कुनै ग्यारेन्टी छैन ।गरगहना निर्माण कार्यामा विदेशी कालीगढको चाप बदढै गएको छ । यस्तै अवस्था बदढै गएमा केहि वर्ष भित्रनै पूर्णरुपमा परनिर्भर हुनु पर्ने
स्थिति आउन सक्छ ।
बुद्ध दृष्टि ज्यासल
बनेपा ,काभ्रे
संचालक–दिपकरत्न शाक्य
व्यवसायलाई पुर्खौली रुपमा भन्दा पनि आधुनिक व्यवसायको रुपमा हेरिनु पर्छ
सुनचाँदी वजारको अवस्थाको बारेमा शाक्य भन्छन्, ‘अहिले कोटा प्रणाली मार्फत सुनको आयात भइरहेको छ । यो आफैमा अत्यन्त अव्यवहारिक छ । यसले बजारको माग थेग्न सक्दैन । मुलुकभर २५ हजार भन्दा बढी सुनचाँदी व्यवसायी रहेको विद्यमान अवस्थामा १० किलो सुन वितरण गर्नु आफैमा चुनौतिपूर्ण छ । यसलाई राज्यले गंभिरतापूर्वक लिनु आवश्यक छ । सुनमा भएको अत्याधिक मूल्यवृद्धि, आर्थिक संकट, जनताको घट्दो क्रयशक्ति आदिका कारण बजार अत्यन्त मन्दीको अवस्थामा छ । बढ्दो व्याजदरका कारण तथा तरलता अभावका कारण पनि सुनचाँँदी बजारमा असर परेको छ । यो व्यवसायलाई पुखौली व्यवसायको रुपमा भन्दा पनि आधुनिक व्यवसायको रुपमा हेरिनु पर्छ । यो व्यवसायमा अहिले सम्म ऐन, निर्देशिका वन्न सकेको छैन । संघ महासंघले उल्लेख्य भूमिका खेल्न सकेका छैनन् । सुनचाँदी व्यवसायलाई रोजगारी, निर्यात र राजस्व वृद्धिको दिगो आधारको रुपमा स्थापित गर्नु पर्छ ।
अष्टमंगल गहना पसल
बनेपा,काभ्रे
संचालक–निरन शाक्य
साना व्यवसायीहरुलाई इ–विलिङ आवश्यक छैन
सुनचाँदी बजारको अवस्था बारे शाक्य भन्छन्, ‘ वढ्दो मूल्य वृद्धि, आर्थिक मन्दीको कारण अहिले सुनचाँदी को विक्री कम छ । सुन वेच्न आउने आफ्ना ग्राहकहरुको मात्र फ्लो छ । वैंकिक तरलता र वढ्दो व्याजदरका कारण पनि हामीलाई समस्या छ । साना व्यवसायीहरुलाई इ–विलिङ आवश्यक छैन । आफ्ना ग्राहकहरु, सुन किनेर विक्री गर्दा हिसाब देखाउन अत्यन्त गाहे एको छ । खरिद कम विक्री बढी हुने देखिएको छ । लगानीको हिसाबले सुनचाँदी व्यवसायमा प्रतिफल एकदमै कम छ । व्यवसायीलाई चलेको सिजनमा कच्चा सुन आपूर्ती प्रयाप्त हुन सकेको छैन ।’
कलश ज्वेलर्स
वनेपा, काभ्रे
रुपेन्द्र शाक्य
मझौला प्रकारको सुनचाँदी अहिले अत्यन्तै मारमा परेका छन
यो व्यवसाय अत्यन्त संवेदनशील छ, कुनै क्षेत्रमा प्रभाव पर्यो भने त्यसको प्रतक्ष असर पर्ने गर्छ । बढ्दो मूल्य वृद्धिको कारण अहिले बजार अत्यन्त मन्दी छ । व्यवसायीहरुले व्यापार चलेको अवस्थामा प्रयाप्त कच्चा सुन पाउन सकेका छैनन् । प्रयाप्त सुन नपाएको बेला हामीले पुरानो सुनबाट अर्थात विल सहित आफ्ना ग्राहकले ल्याएको सुनबाट काम चलाएका छौं । मझौला प्रकारको सुनचाँदी अहिले अत्यन्तै मारमा परेका छन् । बैंकिक तरलता र बढ्दो व्याजदरका कारण पनि यतिवेला व्यवसायीहरु समस्यामा छन् । सुनचाँदी व्यवसायीबारे आवश्यक पर्ने ऐन नियम निर्देशिका समेत वन नसक्दा व्यवसायीलाई केहि समस्या परेको छ । सुनचाँदी व्यवसाय फट्र्टे हेर्दा विलासीताको वस्तु जस्तो देखिएपनि यो जन्म देखि मृत्युसम्म सबै संस्कारहरुमा प्रयोग हुने वस्तु हो । नेपाली कालीगढको दक्षता सीप बढाउनु पर्छ । हामी अहिले वाह््य कालीगढको निर्भरतामा छौं । उनीहरुबाट कतिपय अवस्थामा समेत समस्या पर्ने गरेको छ ।’
आर.वि.ज्वेलर्स
बनेपा, काभ्रे
बचपन काजी शाक्य
सरकारले दिएको १० केजी सुनको कोटा एकदमै अव्यवहारिक छ
सुनचाँदी बजारको अवस्थाको बारेमा शाक्य भन्नु हुन्छ, ‘सुनमा भएको बढ्दो मूल्य वृद्धिले सुनचाँदी किन्न आउने ग्राहकहरु एकदमै कम छ । अहिले सिजन नभएको कारणले पनि व्यापार कम भएको छ । सुनको भाउ वढेको वेला सुनका ग्राहकहरु आपूmसँग भएको सुन वेच्न मात्र आउँछन् । त्यसले हामीलाई समस्या परेको छ । विदेशी कालीगढसँग काम गर्दा विभिन्न कठिनाई झेल्नु परेको छ । नेपाली दक्ष कालीगढको अभावले वाध्यात्मक हिसाबले हामीले उनीहरु सँग काम गर्नु परेको छ । सरकारले दिएको १० केजी सुनको कोटा एकदमै अव्यवहारिक छ । सिजनमा यसले एकछेऊ पनि पुग्दैन ।
रत्न मोहन ज्यास
वनेपा, काभ्रे
मोहनकाजी शाक्य
स्पष्ट कानूनी व्यवस्था नहुदाँ व्यवसायीहरु अनाहकमा सजायको भागिदार हुनु परेको छ
सुनचाँदी बजारको अवस्थाको बारेमा शाक्य भन्नुहुन्छ –, ‘अहिले अफ सिजन र बढ्दो मूल्य वृद्धिका कारण मन्दीको अवस्था छ । व्यापार भएको वेला कच्चा सुन अभाव हुने गरेको छ । त्यसवेला अहिले दिएको १० केजी दैनिक आयातकोटाले हामीलाई पुग्दैन । पुरानो हामीले विक्री गरेको सुन विल सहित फिर्ता आएको सुनबाट केहि आपूर्ती गरेका छौ । हामीकहाँ कहिले काँही चोरीका गहना पनि विक्री गर्न ल्याउछन् । कहिले काही हामी अनावश्यक झन्झटमा फस्छौं । त्यसको सिकार म पनि भएको छु । केहि समय अघि मलाई ९० हजार जति घाटामा पर्न गयो । समस्या देखाएर विल नभएको सुन लिएर आउँछन् व्यवहारिक हिसाबले लिँदा म समस्यामा पर्ने अवस्था बन्यो । गरगहना राखेर ग्राहकलाई पैसा दिने प्रचलन(धितो बन्धकी व्यवस्था) को सम्बन्धमा स्पष्ट कानूनी व्यवस्था नहुदाँ व्यवसायीहरु अनाहकमा सजायको भागिदार हुनु परेको छ ।
