काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड स्ट्रलिङ, अस्ट्रेलियन डलर, कुवेती दिनार र बहराइन दिनारसहित अधिकांश विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ। यी मुद्राको मूल्य अघिल्लो दिन भने घटेको थियो।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा कायम गरिएको छ। अमेरिकी डलरको विनिमयदर शनिबारकै स्तरमा स्थिर रहेको हो।
यद्यपि, गत जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो, जुन हालसम्मकै उच्च विनिमयदर हो।
त्यसैगरी, युरो १ को खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।
पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ७५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ५४ पैसा रहेको छ भने अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३५ पैसा कायम गरिएको छ।
कुवेती दिनार १ को खरिददर ४९४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४९६ रुपैयाँ २७ पैसा तोकिएको छ। त्यस्तै, बहराइन दिनार १ को खरिददर ४०२ रुपैयाँ ७८ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्नेछ। अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहेको राष्ट्र बैंकले जनाएको छ।

