मोरङ । चन्द्रप्रसाद ढकालले मुलुकको विकास र रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको आठौँ प्रदेशसभा तथा निर्वाचन कार्यक्रमको विराटनगरमा उद्घाटन गर्दै उनले कृषि, पर्यटन, उद्योग र प्राकृतिक स्रोतको अधिकतम उपयोग गरेर आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिए।
उनले देशमा ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले सिर्जना गरेको उल्लेख गर्दै सरकारको दृष्टिकोण पनि अहिले सकारात्मक बन्दै गएको बताए।
तारानाथ निरौलाले निजी क्षेत्रमैत्री कानुन आवश्यक रहेको बताए भने राजेन्द्रबहादुर राउत ले कृषि, जलविद्युत् र पर्यटनमा लगानी बढाउन आग्रह गरे।
कार्यक्रममा अञ्जन श्रेष्ठ, कृष्ण शर्मा लगायतले लगानीमैत्री वातावरण बनाउन सरकारलाई सुझाव दिएका थिए।

