काठमाडौं । सामाजिक सञ्जाल ह्याक गरी ठगी गर्ने आरोपमा एक युवक पक्राउ परेका छन्।
भारत घर भई काठमाडौं बस्दै आएका २१ वर्षीय अभिषेक जैसवाललाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनले विभिन्न कम्पनीका सञ्चालकहरूको ह्वाट्सअप र भाइबर ह्याक गरी ‘मालिक बोलेको’ भन्दै क्यास काउन्टरमा सम्पर्क गरेर रकम पठाउन लगाउँदै ठगी गर्ने गरेका थिए।
यस सम्बन्धमा गौतम मिश्रले जानकारी दिएका हुन्।
पक्राउ परेका जैसवालमाथि ललितपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

