काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ।
काठमाडौं जिल्ला अदालतले आइतबार उनीहरूविरुद्ध म्याद थप गरेको हो।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठेपछि जाँचबुझ आयोगले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो।
दुवै नेता चैत १४ गते बिहान भक्तपुरबाट पक्राउ परेका थिए।

