काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा कायम भएको छ।
यस्तै, युरो एकको खरिददर १७३ रुपैयाँ १२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८१ पैसा रहेको छ भने बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ३८ पैसा र बिक्रीदर २०१ रुपैयाँ १९ पैसा तोकिएको छ। स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ०१ पैसा र बिक्रीदर १९० रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ।
अन्य मुद्रातर्फ अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४८ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४८ पैसा कायम गरिएको छ।
एसियाली मुद्रामा जापानी येन १० को खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७३ पैसा र बिक्रीदर २१ रुपैयाँ ८२ पैसा, साउदी रियाल एकको खरिददर ३९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ४० रुपैयाँ ०१ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ९४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ११ पैसा तोकिएको छ।
यसैगरी, थाइ भाट, युएई दिराम, मलेसियन रिङ्गेट, दक्षिण कोरियाली वन, स्वीडिस र डेनिस क्रोनरको दरसमेत निर्धारण गरिएको छ। कुवेती, बहराइन र ओमानी दिनार उच्च दरमा कायम रहँदा हङकङ डलर पनि स्थिर देखिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। भारतीय मुद्राको यो विनिमयदर लामो समयदेखि कायम रहेको छ ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर संशोधन हुन सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर फरक हुन सक्ने बताएको छ ।
केन्द्रीय बैंकको वेबसाइटमा अद्यावधिक जानकारी उपलब्ध हुने भएकोले सर्वसाधारणलाई आवश्यक सहयोगका लागि राष्ट्र बैंकको वेभसाइट लग इन गर्न अपिल गरिएको छ।

