काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान गरेका छन्।
नियमित स्वास्थ्य उपचारका लागि सिङ्गापुरमा रहेका पूर्वप्रधानमन्त्री देउवा उपचारपछि थप स्वास्थ्य जाँच तथा पारिवारिक कार्यक्रममा सहभागी हुन शनिबार हङकङतर्फ गएको उनको सचिवालयले जनाएको छ।
हङकङ बसाइका क्रममा स्वास्थ्यसम्बन्धी थप परामर्शसँगै पारिवारिक भेटघाट सकिएपछि उनी नेपाल फर्कने कार्यक्रम रहेको छ।
देउवा गत फागुन १३ गते उपचारका लागि सिङ्गापुर गएका थिए।

