काठमाडौँ। नेपाल वायुसेवा निगममा देखिएको भ्रष्टाचार र वेथितिबारे छानबिन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँच सदस्यीय अध्ययन समिति गठन गरेको छ।
मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार गठन गरिएको उक्त समितिलाई ३० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउने म्याद तोकिएको छ।
समितिलाई निगमभित्र देखिएका अनियमितता, जहाज खरिददेखि मर्मतसम्मका गतिविधिमा भएको भनिएको भ्रष्टाचारबारे प्रमाण संकलन, अध्ययन र छानबिन गरी कार्यान्वयनयोग्य सुझावसहित प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ।
यसअघि प्रतिनिधिसभाका नवनिर्वाचित सांसद सुदन गुरुङले फागुन २८ गते निगममा भएको कथित भ्रष्टाचारको छानबिन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए।
उनले जहाज खरिददेखि मर्मतसम्मका प्रक्रियामा अनियमितता भएको दाबी गर्दै केही प्रमाणसमेत पेश गरेका छन् ।

