काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा एकैपटक उल्लेख्य वृद्धि गरेको छ। निगमले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्य बढाइएको जनाएको हो।
नयाँ मूल्यसूचीअनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गमा १८४ रुपैयाँ, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ प्रतिलिटर कायम भएको छ।
यस्तै, डिजेल तथा मट्टीतेलको मूल्य पहिलो वर्गमा १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको निगमले जनाएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो वर्गमा राखेको छ भने सुर्खेत र दाङ दोस्रो तथा काठमाडौं, पोखरा र दिपायल तेस्रो वर्गमा समावेश गरिएका छन्।

