काठमाडौं । नेपाली कांग्रेसका ज्येष्ठ नेता अर्जुननर्सिंह केसीले प्रतिनिधि सभा सदस्यको शपथ लिएका छन्। ७८ वर्षीय केसीले बुधबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
समानुपातिकतर्फबाट निर्वाचित केसी अब प्रतिनिधि सभाका नवनिर्वाचित अन्य सांसदहरूलाई शपथ गराउने जिम्मेवारीमा रहेका छन्।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूको शपथ कार्यक्रम आज (बिहिबार) तय गरिएको छ।
सभामुख चयन नहुँदासम्म केसीले नै प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्दै संसद् सञ्चालन गर्नेछन्।

